Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अस्ट्रेलियामा माछा मार्ने क्रममा दुई नेपाली युवकको डुबेर मृत्यु

अस्ट्रेलियामा माछा मार्ने क्रममा दुई नेपाली युवकको डुबेर मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १६, २०८१ बुधवार • ०६:४०:५६ बजे
  • 697
    SHARES
  • अस्ट्रेलियामा माछा मार्ने क्रममा दुई नेपाली युवकको डुबेर मृत्यु

    अस्ट्रेलियाको सिड्नीमा माछा मार्ने क्रममा समुद्रमा खस्दा दुई जना नेपाली युवकहरूको मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा २२ र २५ वर्षीय युवक रहेको न्यु साउथ वेल्स प्रहरीले जनाएको हो। सोमबार क्रोनलाको उत्तरमा रहेको कर्नेलको केप सोल्यान्डर ड्राइभ नजिकैका चट्टानमा बसेर ‘रक फिसिङ’ गर्ने क्रममा उनीहरू समुद्रमा खसेका थिए ।

    उनीहरू लाइफ ज्याकेट बिना चट्टानमा बसेर माछा मारिरहेको बताइएको छ। सर्फ लाइफ सेभिङ न्यु साउथ वेल्सको स्टेट अपरेसन सेन्टरले स्थानीय समयअनुसार करिब २:४५ बजे माछा मारिरहेका दुई जना चट्टानबाट पानीमा खसेको खबर पाएको थियो ।

    त्यसपछि सर्फ लाइफ सेभिङ न्यु साउथ वेल्सका अधिकारीहरू, न्यु साउथ वेल्स एम्बुलेन्सका स्वास्थ्यकर्मीहरू र मरिन रेस्क्यु पनि घटनास्थल पुगेका थिए ।

    घटनास्थलमा उद्धारकर्मी पुगेर दुई जनालाई निकालेर प्राथमिक उपचार दिइएको प्रहरीको भनाई छ। तर, केही समयपछि दुवै जनालाई घटनास्थलमा मृत घोषित गरिएको थियो।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology