Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पार्टी उपाध्यक्ष पम्फा भुसालको प्रमुख आतिथ्यतामा नेपाली जनप्रगतिशिल मञ्च ओमानको तेस्रो राष्ट्रिय अधिवेशको तयारी पुरा

पार्टी उपाध्यक्ष पम्फा भुसालको प्रमुख आतिथ्यतामा नेपाली जनप्रगतिशिल मञ्च ओमानको तेस्रो राष्ट्रिय अधिवेशको तयारी पुरा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १६, २०८१ बुधवार • १३:१५:५३ बजे
  • 1.7K
    SHARES
  • पार्टी उपाध्यक्ष पम्फा भुसालको प्रमुख आतिथ्यतामा नेपाली जनप्रगतिशिल मञ्च ओमानको तेस्रो राष्ट्रिय अधिवेशको तयारी पुरा

    नेपाली जन-प्रगतिशील मञ्च ओमानको तेस्रो राष्ट्रिय अधिवेशन आगामी मे ३१ तारिक २०२४ शुक्रबारका दिन ओमानको अलमहा ईन्टरनेशनल होटल गुबराहा मस्कटको सभाकक्षमा आयोजना हुँदैछ भने उक्त अधिवेशनको प्रमुख अतिथिको रूपमा नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल ओमान आज नै आउने भएकी छन् । 

    images


    मञ्चकाे निमन्त्रणामा ओमान आउन लागेकी पार्टी केन्द्रीय उपाध्यक्ष भुसाल प्रभावशाली महिला नेतृ हुन् भने उनी पुर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री समेत हुन् । एसिया संयोजक शनिकुमार ओलि ओमान आइसकेको केन्द्रिय सदस्य डिबि क्षेत्रीको बताए । उहाले विभिन्न देशमा रहेको राष्ट्रिय समितिको अध्यक्षहरु पनि आउने जानकारी दिए ।

    मञ्चका अध्यक्ष तथा तेस्रो राष्ट्रिय अधिवेशन आयोजक मुल समितिका संयोजक उमेश विकले मिडियाकर्मीहरूसँग कुराकानी गर्दै कार्यक्रमको तयारी जोडतोडका साथ अगाडि बढिरहेको र प्रमुख अतिथिको ओमान आगमनको सम्पुर्ण व्यवस्था गरिसकिएको बताउँदै अधिवेशनको अवसर पारेर मुलुकमा संघियता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्र ल्याउन अहं भूमिका निर्वाह गरेका पुर्व लडाकुहरूलाइ पार्टी केन्द्रीय उपाध्यक्षको हातबाट सम्मान गर्ने कार्यक्रम समेत रहेको बताउँदै मुलुकमा रोजगारीको अबसर नहुँदा विदेशमा पस्न बाध्य भएका नेकपा माओवादी केन्द्रप्रति आस्थावान सम्पुर्ण ओमानवासी युवावर्गलाई उक्त अधिवेशन समारोहमा उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन् ।

    तेस्रो राष्ट्रिय अधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न नेपाली राजदूतावास ओमान, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति ओमान लगायत ओमानमा कृयाशिल संघ संस्था, पत्रकार, समाजसेवी, वुद्धिजीवि, खेलाडी, कलाकार लगायत ओमानमा कार्यरत सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाइ उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दै औपचारिक रूपमा पत्राचार गरिसकेको छ यदि पत्र नपाएको भए यसै समाचारको माध्यम बाट पुन उपस्थित हुन अनुरोध गरेका छन् ।

    “संसारभरका मजदुरहरू एक हौं“ भन्ने नाराका साथ सन २०१३ मा गठन भइ कृयाशिल रहेको मञ्चले प्रवासी श्रमिकहरूका हक, हित र अधिकारका विषयमा पैरवी गर्दै विभिन्न किसिमले अप्ठेरोमा परेका श्रमिकहरूको उद्दारका कार्यहरू गर्दै आएको छ भने केन्द्रको नीति निर्देशन तथा समन्वयमा प्रवासबाट केन्द्रमा सहयोग गर्दै आएको छ । मञ्चले प्रवासमा रहेर पार्टी केन्द्रको नीति निर्देशनलाई पालना गर्दै पार्टी प्रति आस्थावानहरुलाई गोलबद्ध गर्दै संगठन बिस्तार गर्ने, प्रवासी श्रमिकहरुका हक हितमा कार्य गर्दै ओमानमा रहेका अन्य संघ सँस्थाहरुसँग हातेमालो गर्दै सहकार्य गर्दै र मातृभूमि नेपालमा घटेका बिभिन्न प्रकोपमा पार्टी केन्द्र मातहत रहेर राहत सहयोगका कार्यहरु गर्दै आएको छ ।

    कार्यक्रम विवरण


    कार्यक्रमः नेपाली जन-प्रगतिशील मञ्च ओमानको तेस्रो  राष्ट्रिय अधिवेशन ।
    मितिः ३१ मे २०२४ शुक्रबार ।
    स्थानः  अलमहा ईन्टेरनेशनल होटल गुबराह मस्कट।
    समयः दिनको ठिक ११ बजे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology