Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

३९ कुकुरमाथि बलात्कार, यातना र हत्या

३९ कुकुरमाथि बलात्कार, यातना र हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १७, २०८१ बिहिवार • ११:११:१४ बजे
  • 769
    SHARES
  • ३९ कुकुरमाथि बलात्कार, यातना र हत्या

    एजेन्सी/ कतिपय मानिसहरु आफ्नो गलत मनसाय वा आकांक्षा पूरा गर्नका लागि यति हदसम्म गिर्दछन् कि कसैले सोँच्न पनि सक्दैन । यस्ता मानिसहरु आफ्नो सनकका लागि कसैको यौन शोषण तथा बलात्कार सम्म गर्न पछि पर्दैनन् । भनिन्छ यी मानिसहरुमा कोही बोल्न नसक्नेलाई सताउँदा समेत लज्जाबोध हुँदैन ।

    images

    हालै अष्ट्रेलियामा बेलायतका एकजना प्राणीविज्ञले यस्तो घिनलाग्दो अपराध गरेका छन् जुन कल्पना गर्न पनि सकिँदैन । गोही विज्ञ समेत रहेका एडम ब्रिटन नामक ती व्यक्तिले ३९ वटा कुकुरलाई यातना दिएर बलात्कार समेत गरी हत्या गरेका छन् । ५२ वर्षीय एडमले उक्त अपराध आफूले गरेको साबिति बयान दिएका छन् र उनलाई कुकुरमाथि बलात्कार, यातना तथा हत्याका कूल ६० वटा घटनामा दोषी ठहर गरिएको छ ।

    सन् २०१४ देखि कुकुरमाथि अत्याचार सुरु गरेका एडमले कूल ४२ वटा कुकुरमाथि यौनशोषण गरेको पाइएको छ । उनले आफैले पालेको कुकुरलाई समेत बलात्कार गरे । कुनै समय प्रसिद्ध प्रसारक डेभिड एटनबरोको आतिथ्य समेत गरेका एडमले बीबीसी तथा नेसनल जियोग्राफिकमा समेत काम गरेका छन् । सन् २०२२ को अप्रिलमा आफ्नो गिरफ्तारीको समयमा एडमले जनावरलाई खेलौता भनेका थिए ।

    पक्राउ अघि उनले आफ्नै एक स्विस शेफर्ड कुकुरमाथि १ वर्षसम्म बलात्कार गरेका थिए । बलात्कारका लागि अनलाइनमा कुकुरको खोजी यस्तो अनौठो सनकका कारण धेरै भन्दा धेरै कुकुरमाथि यातना दिन, बलात्कार गर्न तथा मार्ने इच्छा पूरा गर्नका लागि उनी बेलायतबाट अष्ट्रेलिया गएका थिए ।

    एडमले पाल्तु जनावरका मालिकहरुलाई सेवा प्रदान गर्नका लागि भन्दै अनलाइन पोर्टलको सहयोग लिए । यात्रा वा कामका क्रममा आफ्ना पाल्तू जनावर राखिदिने वा हेरचाह गरिदिने कोही खोजीरहेका त्यस्ता व्यक्तिहरुलाई उनले निसाना बनाए । त्यसका लागि उनले जनावर हेरचाह सेवा प्रदान गर्ने बहाना बनाएर अनि अरु मानिसका पाल्तु कुकुरलाई लिएर यौन शोषण गर्दथे । समाचार अनुसार उनले आफ्नो एउटा भिडियो समेत बनाएका छन् ।

    जसमा उनले एउटा यातना कोठामा देखिन्छन् र जनावरमाथि कुटपिट गरिरहेका छन् । उनले जनावरमाथि बलात्कार गरिरहेका भिडियो तथा तस्वीरहरु समेत अनलाइनमा शेयर गरेका छन् ।

    अष्ट्रेलियाको उत्तरी क्षेत्रको सर्वोच्च न्यायालयमा पशु क्रूरताका ५६ वटा मामिलामा दोषी ठहर भएका एडमलाई बाल दुव्र्यवहारसँग सम्बन्धित चारवटा थप मामिलामा पनि दोषी पाइएको छ । हाल उनलाई हिरासतमा पठाइएको छ र आगामी डिसेम्बर १३ मा उनीमाथि सजायँ सुनाइने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # यातना र हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology