Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतमा हरितालिका तीज विशेष कार्यक्रम २०२४ हुदैँ

कुवेतमा हरितालिका तीज विशेष कार्यक्रम २०२४ हुदैँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २९, २०८१ मंगलवार • १३:२३:४७ बजे
  • 1.5K
    SHARES
  • कुवेतमा हरितालिका तीज विशेष कार्यक्रम २०२४ हुदैँ

    नेपाल कुवेत साँस्कृतिक मञ्चले हरितालिका तीज विशेष कार्यक्रम २०२४ गर्ने भएको छ । 

    images

    “हाम्रो संस्कृति, हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबै भन्दा पुरानो सांगीतिक संस्था नेपाल कुवैत सांस्कृतिक मञ्चले २३ औं प्रस्तुती स्वरुप नेपाली नारीहरुको महान पर्वको अवसरमा हरितालिका तिज विशेष साँस्कृतिक कार्यक्रम आगामी ०६ सेप्टेम्बर २०२४ का दिन चर्चित राष्ट्रिय लोक दोहोरी गायिका पूर्णकला बि.सीको साथमा गर्ने भएको छ । 

    कुवेतको जिलिपस्थित एस्पाएर ईन्डियन स्कुलको सभाहलमा कार्यक्रम हुने छ । नेपाल कुवेत साँस्कृतिक मञ्चले स्थापना कालदेखी हरेक बर्षहरुमा नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज बिशेष सांगीतिक धमाका गर्दै आएको छ । नेपाली कला र संस्कृतिको जगेर्णा तथा सांगीतिक मनोरन्जन प्रदान गर्ने मञ्चको प्रतिबद्धता रहेको समेत जनाएको छ । उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । 
     
    हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि कुवेतमा कृयाशिल नेपाली संघ संस्था, पत्रकार, खेलाडी, समाजसेवी, वुद्धिजीवि लगायत कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई उपस्थितिको लागि अनुरोध गरेको छ । साथै उक्त दिन कुवेतमा कृयाशिल कुनै पनि संघ संस्थाहरुलाई कार्यक्रम नजुधाइदिन समेत मञ्चले अपिल गरेको छ ।

  • सम्बन्धित विषय:

  • # कार्यक्रम २०२४ हुदैँ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology