Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतमा नेपाली व्यवसायीको सोल्टी एक्स्प्रेस मार्ट संचालनमा

कुवेतमा नेपाली व्यवसायीको सोल्टी एक्स्प्रेस मार्ट संचालनमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २९, २०८१ मंगलवार • १४:०८:१९ बजे
  • 892
    SHARES
  • कुवेतमा नेपाली व्यवसायीको सोल्टी एक्स्प्रेस मार्ट संचालनमा

    कुवेतमा सोल्टी एक्स्प्रेस मार्ट संचालनमा आएको छ । नेपाली व्यवसायीले महाबुल्लाको ब्लक २ को रोड नं २३९ मा सोल्टी एक्स्प्रेस मार्ट संचालनमा लिएका हुन ।

    images

    नेपाली वस्तुहरु, खाद्य सामाग्रीहरु र नेपालमै उत्पादन भएका नेपाली ब्रान्डहरुलाई अन्तर्राष्ट्रिय वजारिकरण गर्ने उदेश्यले १० जुन २०२४ दिन एक विशेष कार्यक्रमको आयोजना गरि नेपाली दूतावास कुवेतका राजदूत घनश्याम लम्सालले केक तथा रिवन काटेर सोल्टी एक्स्प्रेस मार्टको औपचारिक शुरुवात गरेका थिए । 

    नेपाली मौलिक उत्पादनहरु जस्तै टिम्मुर, सिस्नु, च्याउ, गुन्द्रुक, सिन्की, फापरको पिठो, मकैको पिठो मकैको च्याँख्ला, अकबरे खुर्सानी, नेपालमा बनेको आँप, लप्सी, गुन्द्रुक, टिम्मुर, तामा, आदि बाट बनेको अचारका परिकारहरु तथा चाट मसाला, पानी पुरी र पानी पुरिका मसला, चटपटे मसाला, मो:मो मसला तथा सिजनल फलफुलहरु नेपालबाट सिधा कुवेत निर्यात गरि बजारमा सप्लाइ गर्ने सञ्चालकले बताएका छन । 

    सोल्टी एक्स्प्रेस मार्ट एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वोज लामा, वरिष्ठ उपाध्यक्ष दिलकुमार पाख्रीन, महासचिव मनिष केसी र सुरज मास्केले संचालनमा लिएका हुन ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology