ओमान / ओमान देखि छुट्टीमा घर गएका नेपालीलाई ओमन फर्किन अब नो अबजेक्सन लेटर’ (एनओसी) नचाहिने भएको छ ।
६ महिना (१८० दिन) भन्दा बढी अवधि ओमन बाहिर रहेकाको हकमा रोयल ओमन पुलीसबाट कम्पनीले ‘नो अबजेक्सन लेटर’ लिनुपर्ने नियम लगाइएको थियो ।

ओमन सरकारको पछिल्लो जानकारी अनुसार उक्त ‘नो अबजेक्सन लेटर’ लिन नपर्ने व्यवस्था गरिएको मस्कटस्थित नेपाली दूतावासले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।