Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली जन-प्रगतिशिल मञ्च साउदी अरबको कासिम क्षेत्रिय संगठन विस्तार, अध्यक्षमा सुरेन्द्र तुम्वहाम्फेल चयन

नेपाली जन-प्रगतिशिल मञ्च साउदी अरबको कासिम क्षेत्रिय संगठन विस्तार, अध्यक्षमा सुरेन्द्र तुम्वहाम्फेल चयन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०८१ बुधवार • ०७:००:१० बजे
  • 1.3K
    SHARES
  • नेपाली जन-प्रगतिशिल मञ्च साउदी अरबको कासिम क्षेत्रिय संगठन विस्तार, अध्यक्षमा सुरेन्द्र तुम्वहाम्फेल चयन

    अल कासिम, साउदी अरेबिया / नेपाली जन-प्रगतिशिल मञ्च साउदी अरबको क्षेत्रिय संगठन विस्तार कार्यक्रम अन्तरगत, अलकासिम बुरेईदा क्षेत्रिय कमिटी, अध्यक्ष सुरेन्द्र तुम्वहाम्फे सहित १५ सदस्यिय  कार्यसमिति गठन भयो। 

    images

    11.jpeg

    एसिया प्रदेस समिति संयोजक सनिकुमार ओलीको प्रमुख आतिथ्यता, विशिष्ट अतिथी पश्चिम एसिया महासाखा सचिव कमल शाही निर्मल, अतिथिहरु जनप्रगतिशिल मञ्च साउदी अरबका सल्लाहकार सुमन दाहाल, उपाध्यक्ष गंगा गोदार, प्रवक्ता भक्त कार्की, राष्ट्रिय समिति सचिवालय सदस्य एवं हायल क्षेत्र अध्यक्ष वलदेव मश्रङ्दी मगर, सदस्य विसाल तामाङ्, सदस्य नितेस कुवंर राणा, अखिलनेपाल महिला संघ क्रान्तिकारी सुदुर पश्चिम प्रदेस सदस्य एवं डडेल्धुरा जिल्ला सचिव गिता भट्ट, विभिन्न संध संस्थाका प्रतिनिधी, विभिन्न विशिष्ठ व्यक्तित्वहरू, अलकासिम बुरेइदामा कार्यरत नेपाली श्रमिकहरू एवं पत्रकार लगायतको उपस्थिति थियो। 

    मञ्चका राष्ट्रिय समिति सचिवालय सदस्य एवं हायल क्षेत्र अध्यक्ष वलदेव मश्रङ्दी मगरको स्वागत मन्तव्य, संगै सुरू भएको यस कार्यक्रममा प्रमुख अतिथि सनिकुमार ओलीले सुभकामना सहित प्रशिक्षण पनि प्रदान गर्नुभएको थियो। मञ्चका उपाध्यक्ष गंगा गोदार, पश्चिम एसिया महासाखा सचिव कमल साही निर्मल  लगायत अन्य अतिथिहरूले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। 

    कार्यक्रमको अध्यक्षता नेपाल जनप्रगतिशिल मञ्च साउदीका सल्लाहकार एवं पश्चिम एसिया महासाखा सदस्य  आर बी. लामा र संचालन मञ्चका राष्ट्रिय महासचिव बासुदेव सापकोटाले गर्नु भएको थियो।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology