Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मोना कुवेतद्वारा जनकल्याण माध्यमिक विद्यालयलाई २० थान कुर्ची सहयोग

मोना कुवेतद्वारा जनकल्याण माध्यमिक विद्यालयलाई २० थान कुर्ची सहयोग

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आषाढ ६, २०८१ बुधवार • १७:१२:३१ बजे
  • 1.4K
    SHARES
  • मोना कुवेतद्वारा जनकल्याण माध्यमिक विद्यालयलाई २० थान कुर्ची सहयोग

     

    images

    कुवेत - म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति कुवेतको 'कोशेली बचत कोष' मार्फत जनकल्याण माध्यमिक विद्यालयलाई २० थान कुर्ची सहयोग गरेको छ । 

    बेनी -५ पुलाचौरमा अवस्थित जनकल्याण माध्यमिक विद्यालयको ६८ औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा मोना कुवेतका प्रथम उपाध्यक्ष एवम् विद्यालयका भूपु विद्यार्थी पुलाचौर निवासी तेजिन्द्र श्रेष्ठले 'कोशेली बचत कोष' मार्फत रु १५ हजार र व्यक्तिगत तर्फबाट रु ४ हजार गरी जम्मा रु. १९ हजार बराबरको २० थान  कुर्ची सहयोग गरेका हुन । 

    मोना कुवेतमा आबद्ध भई घरबिदामा आउने  सदस्यले आफ्नो एरियामा रहेका दु:खी गरिब तथा विद्यालयलाई 'मोना कोशेली बचत कोष' मार्फत १५ हजार बराबरको सहयोग गर्दै आएका छन । वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत रहेका म्याग्देलीद्वारा सन् २०१८ मा 'प्रवासी म्याग्देलीहरुको भावना समृद्ध म्याग्दी हाम्रो चाहना' भन्ने मुल नाराका साथ स्थापना भएको मोना कुवेतले उल्लेखनीय मानवीय सेवाका कार्यहरु गर्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology