Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँ सम्पर्क समाज कुवेतको नाम परिवर्तन, १२ जुलाईमा हुने अधिवेशनको तयारी तीव्र

तनहुँ सम्पर्क समाज कुवेतको नाम परिवर्तन, १२ जुलाईमा हुने अधिवेशनको तयारी तीव्र

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आषाढ १५, २०८१ शुक्रवार • १८:५०:१८ बजे
  • 1.9K
    SHARES
  • तनहुँ सम्पर्क समाज कुवेतको नाम परिवर्तन, १२ जुलाईमा हुने अधिवेशनको तयारी तीव्र

    कुवेत - तनहुँ सम्पर्क समाज कुवेतको नाम परिवर्तन भएको छ । समाजको आज बसेको  बैठकले नाम परिवर्तन गरी तनहुँ सेवा समाज कुवेत राखेको छ । यसभन्दा अगाडी समाजको नाम तनहुँ सम्पर्क समाज कुवेत थियो ।

    images

    समाजले आगामी १२ जुलाईमा हुने तेश्रो अधिवेशन तथा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती कार्यक्रमको तयारी तीव्र पारेको छ । तनहुँका विभिन्न ठाउबाट कुवेत आएर  कर्मथलो बनाईरहेका तनहुँङेहरुको हरेक समस्या समाधान गर्ने साथै नेपालमा कृषीमा लगानीलाई प्राथमिकता दिने हुतुले समाजको स्थापना भएको जनाउदै सामाजले पुराना र नयाँ कार्यसमिती सबैलाई समाबेश गर्ने प्रमुख सल्लाहकार राजेन्द्र रसाईली बिरहीले बताएका छन ।

    72fbb337-29bb-4399-b08a-7dc783544210.jpeg

    कुवेतमा सन् २००९ मा स्थापना भएको समाजले आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसर पारेर साहित्य सम्बन्धि लेख, रचना र रामायण वाचन साथै मगर समुदायको कौडा नाचको प्रस्तुति सहित तेश्रो अधिवेशन र विविध सांस्कृतिक कार्यक्रम कुवेतस्थित फर्वानियामा रहेको सेफ नौशाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा दिनको ठिक १२ बजेदेखी गर्ने जनाएको छ । 

    उक्त दिन कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका अध्यक्ष / प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी, व्यवसायी एवं बुद्धिजिवि र तनहुँबाट कुवेतमा आई कार्यरत रहेका तनहुँवासी साथै नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई कार्यक्रममा उपस्थित भई शोभा बढाईदिनको निम्ति समेत कार्यक्रम संयोजक सोम खत्रीले अनुरोध गरेका छन ।

  • सम्बन्धित विषय:

  • # समाज
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology