Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतमा घरेलु कामदार (भिसा २०) जुलाई १४ बाट निजी क्षेत्र (भिसा १८) मा ट्रान्सफर हुने

कुवेतमा घरेलु कामदार (भिसा २०) जुलाई १४ बाट निजी क्षेत्र (भिसा १८) मा ट्रान्सफर हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आषाढ २३, २०८१ शनिवार • १९:४१:०२ बजे
  • 1.7K
    SHARES
  • कुवेतमा घरेलु कामदार (भिसा २०) जुलाई १४ बाट निजी क्षेत्र (भिसा १८) मा ट्रान्सफर हुने

    कुवेत -  कुवेतमा घरेलु कामदार भिसा-२० जुलाई १४ बाट निजी क्षेत्र (भिसा १८) मा (ट्रान्सफर) स्थानान्तरण हुने भएको छ । घरेलु कामदार भिसालाई निजी क्षेत्रमा स्थानान्तरणका लागि ५० दिनार शुल्क तोकिएको छ । 

    images

    कुवेतका प्रथम उपप्रधानमन्त्री , रक्षा तथा आन्तरिक मन्त्री शेख फहाद अल-युसुफ अल-सबाहले घरेलु कामदार (भिसा २०) लाई निजी क्षेत्र (भिसा १८) मा स्थानान्तरण गर्ने निर्णय जारी गरेका हुन । यो निर्णय १४ जुलाईदेखि १२ सेप्टेम्बर २०२४ सम्म लागू  हुनेछ । 

    घरेलु कामदारहरूले निम्न सर्तहरूमा निजी क्षेत्रमा स्थानान्तरण गर्न पाउने छन । 
     १.हालको रोजगारदाताबाट स्वीकृत हुनुपर्ने छ । 
    २.घरेलु कामदारले हालको रोजगारदातासँग कम्तिमा एक वर्ष काम गरेको हुनु पर्छ । 
     ३.भिसा स्थानान्तरणको लागि ५० दिनारको शुल्क लागू हुनेछ साथै प्रत्येक वर्ष सेवाको लागि १० दिनार अतिरिक्त शुल्क लाग्नेछ ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology