कुवेतमा एक नेपाली घरेलु कामदार महिलाले आफ्नै रोजगारदाता (स्पोन्सर) को घरमा झुण्डिएर आत्महत्या गरेकी छन् ।
वैदेशिक रोजगारीको लागि घरेलु कामदारमा कुवेत आएकी महिलाले साद अल अब्दुल्लाह क्षेत्रमा आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन । मृतकलाई थप अनुसन्धानका लागि फरेन्सिक परिक्षण विभागमा लगिएको छ भने घटना वारे स्थानीय प्रहरीले अनुसन्धान जारी राखेको छ ।
नेपाली दूतावास श्रोतले घटनाबारे प्रारम्भिक जानकारी आईसकेको जनाउदै मृतकको परिवार संग सम्पर्क गर्ने प्रयास भईरहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरि शव छिट्टै नेपाल पठाउने जनाएको छ ।