कुवेतमा सडक दुर्घटनामा परी २६ वर्षीय नेपाली युवतीको मृत्यु भएको छ । कुवेतको मंगाफ क्षेत्रमा सडक दुर्घटनामा परी संखुवासभाकी जलिना तामाङको मृत्यु भएको हो ।
तामाङलाई मंगाफ क्षेत्रमा बेलुकी ८ बजे सडक पार गर्ने क्रममा कारले ठक्कर दिएको थियो । वैदेशिक रोजगारीको लागि ४ महिना अघि कुवेत आएकी थिइन । उनी अल-जजिरा कम्पनीमा कार्यरत थिइन्।
घटनावारे नेपाली रादूतावास कुवेतलाई जानकारी प्राप्त भएको श्रोतले जनाएको छ भने स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन् ।