Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँ सेवा समाज कुवेतको तेश्रो अधिवेशन सम्पन्न,अध्यक्षमा सोम बहादुर खत्री चयन

तनहुँ सेवा समाज कुवेतको तेश्रो अधिवेशन सम्पन्न,अध्यक्षमा सोम बहादुर खत्री चयन

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आषाढ ३०, २०८१ शनिवार • १७:३१:४० बजे
  • 1.3K
    SHARES
  • तनहुँ सेवा समाज कुवेतको तेश्रो अधिवेशन सम्पन्न,अध्यक्षमा सोम बहादुर खत्री चयन

    कुवेत - तनहुँ सेवा समाजले तेश्रो अधिवेशन सम्पन्न गरेको छ । हिजो १२ जुलाइ २०२४ का दिन कुवेतको फरवानियास्थित सेफ नौसाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा सम्पन्न अधिवेशनबाट सन २०२४-२०२६ कार्यकालको लागि सोम बहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । साथै २११ औं भानु जयन्तीको छेको पारेर सम्पन्न गरिएको समाजको तेश्रो अधिवेशन समारोहमा भानुभक्त विशेष कविता वाचन तथा रामायण वाचन समेत गरिएको थियो ।

    images

    अधिवेशन आयोजक समितीका संयोजक सोम बहादुर खत्रीको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका तृतीय सचिव रेबन्त बहादुर केसीको प्रमुख आतिथ्यता तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती कुवेतका अध्यक्ष रणध्वज लामा तथा समाजका संरक्षक,सल्लाहकारहरूको विशेष आतिथ्यतामा सम्पन्न अधिवेशनका अतिथिहरूमा विभिन्न राजनितीक दलका भातृ संगठनका प्रमुख एवं प्रतिनिधीहरू, कुवेतमा कृयाशिल मिडिया हाउसका पत्रकारहरू, विभिन्न संघ संस्थाका पदाधिकारी एवं प्रतिनिधिहरू साथै समाजसेवी/वुद्धिजीवीहरू अतिथि रहेका थिए । 

    IMG_3977.jpeg

    तनहुँ जन्मथलो भइ कुवेतमा कार्यरत नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रम दिप प्रज्वलन र भानुभक्तको तस्बिरमा अविर र माल्यार्पण गरेर शुरू भएको थियो भने शुभकामना मन्तव्य दिने वक्ताहरूले अधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यसमितीलाइ हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना दिदै तनहुँ समाजले अधिवेशन तथा भानु जयन्ती एकैसाथ मनाएर समाजको हरेक वर्ष हुने कार्यक्रममा भानु जयन्तीलाइ समेत समेटेकोमा खुशी व्यक्त गरेका थिए । सन २००९ मा गठन भइ विगत केही वर्षदेखि निष्कृय रहेको समाजले पुनः कृयाशिल भइ यति भव्य अधिवेशन गरेकोमा धन्यवाद दिंदै सामाजिक र मानविय सेवाका कार्यमा सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका थिए ।

    अधिवेशन सँगसँगै २११ औं भानु जयन्ती मनाइएकोले संस्थाका वरिष्ठ सल्लाहकार राजेन्द्र रसाइली "विरही" ले कार्यक्रममा सबैलाइ स्वागत गर्दै भानुभक्त विशेष कविता वाचन गरिएको उक्त कार्यक्रममा रामायण समेत वाचन गरेर सुनाएका थिए भने शुभकामना मन्तव्य दिने अन्य वक्ताहरूले समेत भानुभक्तलाइ स्मरण गर्दै काव्य रचनामा नयाँ शैलीको विकास गरेका नेपाली भाषाको आधुनिककालका प्रथम कवि भानुभक्त र उनले नेपाली भाषा र साहित्यको विकासको लागि खेलेको अग्रणि भूमिकाको चर्चा गर्दै भानु विशेष कविताहरू समेत वाचन गरेका थिए ।

    IMG_3979.jpeg

    तेश्रो अधिवेशनबाट अध्यक्ष सोम ब. खत्री,  उपाध्यक्ष ईन्द्र बहादुर थापा, महिला उपाध्यक्ष मधु थापा, महासचिव मीन ब. थापा, सह सचीव दया बिक्रम देवकोटा, महिला सचिव - माया मल्ल, कोषाध्यक्ष - मिस्रा मल्ल, सह कोषाध्यक्ष, मेग ब. आले, खेलकुद बिभाग प्रमुख निरज क्षेत्री, सास्कृतिक बिभाग प्रमुख दिल, समाज बिभाग प्रमुख कुल ब. थापा, समाज बिभाग सह प्रमुख विशाल मगर, प्रवक्ता - सुरज थापा र सह प्रवक्ता बिक्रम श्रेष्ठ सर्वसम्मत चयन भएका छन । त्यस्तै सदस्यहरु अशोक सिजाली, वसन्त थापा, भोग ब. पुलामी, बाबू राना, रेशम आले, चुम्मक आले, ज्योती आले, केशर थापा, केशु थापा मगर, मदन कुमाल, अनिल परियार, सुमन थापा, रामचन्द्र अधिकारी, केशु खत्री, तेजु राना मगर, डल्ली मगर्नी, टीका मगर, शिव गुरुङ, बेल ब. मगर, मदन गुरुङ, तेजु राना  मगर र शिशिर थापा रहेका छन । 

    त्यसैगरी समाजको संरक्षक आनन्द आचार्य, प्रमुख सल्लाहकार राजेन्द्र रसाईली "बिरही", सल्लाहकार, प्रकाश गिरि, सल्लाहकार सन्त लम्साल, सल्लाहकार ईश्वर प्र. पोख्रेल, सल्लाहकार अमृता राई, सल्लाहकार पुर्णिम लामा, सल्लाहकार र लाल  ब. घताने रहेका छन ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology