Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल आदिवासी जनजाती महासंघ कुवेतले ३० औं विश्व आदिवासी दिवस अगष्ट ९ मा मनाउने

नेपाल आदिवासी जनजाती महासंघ कुवेतले ३० औं विश्व आदिवासी दिवस अगष्ट ९ मा मनाउने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आषाढ ३०, २०८१ शनिवार • १७:३५:४९ बजे
  • 1.8K
    SHARES
  • नेपाल आदिवासी जनजाती महासंघ कुवेतले ३० औं विश्व आदिवासी दिवस अगष्ट ९  मा मनाउने

    कुवेत - नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखाले आगामी अगष्ट ९ मा ३० औं विश्व आदिवासी दिवस मनाउने भएको छ । 

    images

    कुवेतको खैतानस्थित राजधानी प्यालेसमा उक्त कार्यक्रम आयोजना गरिने भएको छ  । संयुक्त राष्ट्र संघद्वारा पारित अगष्ट ९ लाई विश्वभरिका आदिवासी जनजातिहरूले 'आदिवासी दिवस' रुपमा मनाउने गर्दछ । यसै अवसरमा नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखा द्वारा आफु मातहतमा रहेका कुवेतमा कृयाशिल जातीय  सस्थाहरुलाई समेटेर आदिवासी जनजाती समुदायको मौलिक जातीय  झाकी, शुभकामना आदान प्रदान एवं मौलिक लोक सास्कृतिक प्रस्तुतीका साथ कार्यक्रम आयोजना गरिने श्रोतले जनाएको छ ।

    साथै उक्त दिन अन्य कार्यक्रम नजुधाई सहयोग गरी दिन सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेको छ । विश्वभर छरिएर रहेका आदिवासी समुदायहरुको समस्या लगभग एकै प्रकृतिको भएको महसुस गरी उनिहरुको हक अधिकार सुनिश्चित गर्न, भाषा संस्कृति एवं परम्परागत ज्ञान र शिपलाई जगेर्ना गर्ने उदेश्यले संयुक्त राष्ट्र संघको बिशेष कार्यदलको पहिलो बैठक सम्पन्न भएको दिन 'अगष्ट ९' (सन् १९८२, जेनेभा) लाई बिशेष स्मरणीय दिनको रुपमा संयुक्त राष्ट्र संघले 'विश्व आदिवासी दिवस' घोषणा गरेको हो । 

    यस् पस्चात नेपालका आदिवासी जनजातिहरूले पनि सन् १९९३ देखि प्रत्येक वर्ष अगष्ट ९ लाई विशेष रुपमा बिबिध चेतना मुलक कार्यक्रम सहित आदिवासी जनजातिहरूको हक अधिकार, संस्कृति, पहिचानको आन्दोलनको रूपमा मनाउँदै आएका छन् ।   

    नेपाल मगर संघ कुवेत, तमू समाज कुवेत, नेपाल तमाङ धेदुङ कुवेत, किराँत राई यायोख्खा कुवेत, किराँत याक्थुङ्ग चुम्लुङ्ग कुवेत, सुनुवार सेवा समाज कुवेत, तमू प्ये ल्हु संघ कुवेत र नेवाँ गुठी कुवेत आदिवासी जनजाती महासंघ कुवेत शाखामा आवद्द रहेका छन ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology