कुवेत - लुम्बिनी समाज नेपाल कुवेतको छैठौं अधिवेशन तथा ११ औं वार्षिकोत्सव आगामी २३ अगष्टमा हुने भएको छ ।
कुवेतको नेपाली समाजमा सन २०१३ मा "सेवा र सहयोगमा प्रवासबाट हाम्रो भूमिका" भन्ने मुल नाराको साथ स्थापना भएको समाजले अन्तर नेपाली भलिबल प्रतियोगिता सहित आफ्नो ११ औं वार्षिकोत्सव तथा छैठौं अधिवेशन गर्ने भएको हो ।
रोजगारीको सिलसिलामा कुवेतलाई कर्मथलो बनाउदै आएका लुम्बिनीबासीहरुको साझा सस्थाले कुवेत नगरीमा स्थापना कालदेखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल हुदै संघ संस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यमा अग्रसर रहदै आएको छ । साथै गृह जिल्ला तथा ग़ैर जिल्लामा मानवीय सामाजिक कार्यमा आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आएको छ।
उक्त दिन हुने कार्यक्रममा कुवेतमा रहेका लुम्बिनीवासीहरु लगाएत कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अग्रिम निमन्त्रणा दिदै उक्त दिन कुनै कार्यक्रम नजुधाई दिन समेत अनुरोध गरेको छ ।