Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अमेरिकामा एक जना नेपालीको गोली हानेर हत्या

अमेरिकामा एक जना नेपालीको गोली हानेर हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०८१ सोमवार • ०७:३०:११ बजे
  • 1.0K
    SHARES
  • अमेरिकामा एक जना नेपालीको गोली हानेर हत्या

    अमेरिकाको टेक्सस राज्यमा एक जना नेपालीको गोली हानेर हत्या भएको छ । मृतक रुकुम बाफीकोटको ३० वर्षका दीपक ओली भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    images

    वली टेक्ससको वाको सहर नजिकै हाइवे ३५ मा रहेको एक ग्यास स्टेसनमा काम गर्थे । यस घटनाबारे छानबिन गरिरहेको प्रहरीले बताएको छ । यो घटना सोमबार बिहान ५ः२० बजेतिरको भएको बताइएको छ ।

    घटनाको समयमा बन्दुक बोकेर दुई पुरुष ग्यास स्टेसनमा आएको सीसीटीभी फुटेजले देखाएको छ । त्यतिबेला वली काउन्टरमा उभिरहेका थिए । उनी भाग्न खोजेपनि गोलीबाट भने बच्न नसकेको प्रहरीले बताएका छन् ।

    वलीको परिवारलाई यो घटनाबारे जानकारी गराइएको प्रहरीले बताएका छन् । वलीकी एक श्रीमती र ५ वर्षकी छोरी रहेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # गोली हानेर हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology