Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रवासी नेपाली मञ्चको पहलमा कुवेतमा ज्यान गुमाएकी महिलाको शव स्वदेश ल्याईदै

प्रवासी नेपाली मञ्चको पहलमा कुवेतमा ज्यान गुमाएकी महिलाको शव स्वदेश ल्याईदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २०, २०८१ आइतवार • ०९:४८:४७ बजे
  • 1.2K
    SHARES
  • प्रवासी नेपाली मञ्चको पहलमा कुवेतमा ज्यान गुमाएकी महिलाको शव स्वदेश ल्याईदै

    कुवेत - प्रवासी नेपाली मञ्च कुवेतको पहलमा बैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा ज्यान गुमाएकी कल्पना भुजेलको शव स्वदेश ल्याईने भएको छ । 

    images

    प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी श्रमिक राहत कोषवाट शव पठाउन लाग्ने रकम ३ सय ८५ कुवेती दिनार (नेपाली रुपैया करिब एक लाख अरसठ्ठी हजार) कुवेतस्थित नेपाली दूतावासलाई उपलव्ध गराएको अध्यक्ष रुपेन हमाल ठकुरीले जानकारी दिएका छन ।

    12.jpeg

    झापाको शिवसतासी नगरपालिका - २ स्थायी घर भएकी भुजेलको गत जुलाई १५ तारिक उपचारको क्रममा कुवेतको मुबारक अल कबिर अस्पतालमा मृत्यु भएको थियो । मृतक भुजेल अबैधानिक रहेको कारण कानूनी प्रक्रिया पूरा गरी शव नेपाल पठाउन समस्या भएपनि मञ्च र दूतावासको पहलमा आज नेपाल पठाउने टुंगो भएको अध्यक्ष हमालले जानकारी दिएका छन ।

    अवैधानिक रुपमा रहेर मृत्यु भएका कारण  कानूनी प्रकृया पूरा नगरी शव स्वदेश पठाउन समस्या हुने भएका मन्चले सो रकम उपलब्ध गराएको हो ।  

    कुवेतस्थित नेपाली दूतावासका सूचना अधिकारी प्रेमराज गौतमले दिएको जानकारी अनुसार मृतक भुजेलको शव आज नेपाल पठाउने गरी सम्पूर्ण प्रकृया पूरा भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology