कुवेत - नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको गत हप्ता सम्पन्न पन्धौं स्थापना दिवस तथा विदेश विमर्श कार्यक्रमको समिक्षा बैठक सपन्न भएको छ । शाखाको रिक्त रहेको सचिब पदमा आङकाजी शेर्पा ( आकाश ) सर्वसम्मत चयन भएका छन ।
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका निर्वतमान सचिब हरी बहादुर बानियाले राजिनामा दिए पछि सचिब पद रिक्त रहेको थियो । आज फर्वानियास्थित एभरेष्ट नेपाली रेस्टुरेन्टमा अध्यक्ष राज मल्लको अध्यक्षतामा सम्पन्न बैठकले रिक्त रहेको सचिब पदमा आङ्काजी शेर्पालाई सर्वसम्मत चयन गरेको हो । आजको बैठकले सचिबमा शेर्पालाई चयन गरिए लगत्तै कार्यभार सुम्पिएको छ भने शाखाको कार्य सम्पादनमा थप गति मिल्ने अपेक्षा गरिएको छ । शेर्पा परदेशी खबर डटकमका सम्पादक हुन ।

त्यस्तै बैठकले २ अगष्टमा सम्पन्न शाखाको १५ औं स्थापना दिवस तथा बिदेश विमर्श कार्यक्रमको समिक्षा गर्दै कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित नेपाली दूतावास कुवेतका राजदूत घनश्याम लम्साल, कुवेतमा कृयाशिल विभिन्न नेपाली संघ सस्थाबाट प्रतिनिधित्व गरि उपस्थित अतिथिहरु, मूख्य प्रायोजक अल मुजैनी एक्सचेन्ज, मिडिया पार्टनर, वक्ता, सहजकर्ता लगायत सो कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ ।