Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कुवेतमा मनाईयो विश्व आदिवासी दिवस (फोटो फिचर)

कुवेतमा मनाईयो विश्व आदिवासी दिवस (फोटो फिचर)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०८१ शनिवार • १३:२७:४२ बजे
  • 2.2K
    SHARES
  • कुवेतमा मनाईयो विश्व आदिवासी दिवस (फोटो फिचर)

    कुवेत - ३०औं अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा  वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले आफ्नो परम्परा र संस्कृति झल्कने पहिरन लगाएर बाजागाजा र नाचगानसहित भव्यताका साथ मनाएका छन ।

    images

    11.jpeg

    नेपाल जनजाती महासंघ कुवेत शाखाको आयोजनमा कुवेतस्थित राजधानी होटेलको सभाहलमा ०९ अगष्ट २०२४ मा  “विश्वभरका आदिवासी जनजातीहरु एक हौ” भन्ने मुल नाराका साथ ३० औ विश्व आदीवासी दिवस कुवेतमा कृयाशिल सम्पूर्ण जनजाती संस्थाको संयुक्त रुपमा भव्यताका साथ मनाईएको हो । 

    12.jpeg

    नेपाल आदिवासी जनजाति महासंघ कुवेत शाखाको अध्यक्ष अमृत तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता रहेको थियो भने  एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा, संस्थापक सल्लाहकार राजेन्द्र तामाङ, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष राज मल्ल, एनआरएनए आईसिसि सदस्य हरि लावती लगायत कुवेतमा क्रियाशिल नेपाली संघ संस्थाका प्रतिनिधि,पत्रकार कलाकार बुद्धिजीवीहरूको आतिथ्यता रहेका थियो । किरात राईयायोक्खा कुवेतका महासचिव रोशन राई र नेपाल मगर संघ शाखा कुवेतका सचिब कल्पना मगरले संयुक्त रुपमा संचालन रहेको कार्यक्रममा सभापति, प्रमुख अतिथि र विशेष अतिथि लगायतले संयुक्तरुपमा द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । त्यसैगरी महांसघका महासचिब राजु गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

    13.jpeg

     कार्यक्रममा प्रमुख अतिथि राजदूत घनश्याम लम्सालले  शुभकामना दिदै रोजगारीको सिलसिलामा प्रवासमा छरिएर रहेपनी आफनो कला रितिरिवाज,  संस्कृति परम्परा जोगाउन लागि परेकोमा धेरै धेरै धन्यवाद व्यक्त गरेका थिए । त्यसैगरी विशेष अतिथि लगायत अतिथिले समेत शुभकामना मन्तव्य दिएका थिए ।

    14.jpeg

     अन्त्यमा कार्यक्रमको समापन गर्दै अध्यक्ष अमृत तामाङले कार्यक्रम लाई सफलताका साथ सम्पन्न गर्न अहोरात्र खटिने सल्लाकार तथा सदस्यहरु र आठ वटै जातिय संस्था , शुभचिन्तक सहयोगीहरु सबै प्रती आभार ब्यक्त गर्दै उपस्थित भएर कार्यक्रम सफल पार्ने सम्पूर्ण सहयोगीहरु , कुवेतमा क्रियाशिल नेपाली संघ संस्था , पत्रकार लगायतलाई धन्यवाद व्यक्त गरेका थिए ।

    15.jpeg16.jpeg

     

  • सम्बन्धित विषय:

  • # (फोटो फिचर)
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology