Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतबाट प्यारालाइसिस बिरामी निरजलाई आर्थिक सहयोग

कुवेतबाट प्यारालाइसिस बिरामी निरजलाई आर्थिक सहयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३०, २०८१ बुधवार • १८:१५:२४ बजे
  • 2.1K
    SHARES
  • कुवेतबाट प्यारालाइसिस बिरामी निरजलाई आर्थिक सहयोग

    कुवेतबाट प्यारालाइसिस बिरामी निरज थापालाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।

    images

    विगत लामोदेखि स्पाईनल इन्जुरी (Spinal Injury) का कारण हात र खुट्टा नचल्ने भई प्यारालाइसिस भएका तनहुँ शुक्ला गण्डकी १० कोल्म्फे निवासी निरज थापा मगरको थप उपचारकोलागि पत्रकार शिवराम पौडेलको पहलमा कुवेतमा कार्यरत नेपालीहरुबाट संकलित रकम सहयोग गरिएको हो ।

    काठमाडौं स्थित रिहेबिलेशन सेन्टर साङ्गा फ्यासिलिटी (Rehebilitation Center Saanga Facility) मा लामो समय देखि उपचाररत मगरको आर्थिक स्थिति निकै दयनीय रहेकाले मगरले  सहयोगको अपिल गरेका थिए । उनको उपचारार्थ संकलित रकम Al Muzaini Exchange मार्फतनेपाल पठाईएको पत्रकार शिवरामले जानकारी दिएका छन ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology