Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली दूतावास कुवेतले गर्यो ७५९ जना घरेलु कामदारको उद्दार

नेपाली दूतावास कुवेतले गर्यो ७५९ जना घरेलु कामदारको उद्दार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १, २०८१ शनिवार • १६:३०:०८ बजे
  • 2.5K
    SHARES
  • नेपाली दूतावास कुवेतले गर्यो ७५९ जना घरेलु कामदारको उद्दार

    कुवेतस्थित नेपाली राजदूतावासको आयोजनामा एक अनौपचारिक कार्यक्रम  नेपाल पत्रकार महासंघ, एनआरएनए कुवेत , राजनीतिक दलका भातृ संगठन लगायत अगुवाहरु बीच सम्पन्न भएको छ । दूतावासको सभाहलमा १६ अगष्ट २०२४ मा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

    images

    उक्त कार्यक्रममा बोल्दै राजदूत घनश्याम लम्सालले ७५९ जना घरेलु कामदारको उद्दार गरिएको जनाएका छन  । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत आएर विभिन्न कारणले पीडित भइ दूतावासको शरणमा आएका ३६९ जना घरेलु कामदारको सम्पूर्ण  प्रकृया पूरा गरेर नेपाल पठाएको हो । त्यसैगरी दूतावास बाहिर बसेका अन्य ३९० जना घरेलु कामदारलाई दूतावासको समन्वय र सहजीकरणमा कानूनी प्रक्रिया पूरा गरी स्वदेश पठाउने व्यवस्था गरिएको राजदूत लम्सालले जानकारी दिएका छन । यो संख्या महामहिम राजदूत घनश्याम लम्सालले कार्यभार सम्हालेको दश महिनाको तथ्यांक हो । 

    त्यस्तै  ८७ हजार मागपत्र प्रमाणित गरिएको, ३१ हजार विभिन्न कागजात (भिसा प्रमाणीकरण बाहेक) प्रमाणित गरिएको, १३ हजार ४ सय ७८ राहदानी नविकरण गरि जारी गरिएको, ३ हजार ७ सय ९८ ट्राभल डकुमेन्ट (आममाफीमा जारी गरिएका ३ हजार २ सय सहित) जारी गरिएको, विभिन्न केशका ६७ जनाको क्षतिपुर्ति रकम १ लाख ८५ हजार कुवेती दिनार नेपाल पठाइएको राजदूतले बताए ।

    अहिले पनि ५१ जना नेपाली विभिन्न केशमा अदालतको निणर्य बमोजिम कुवेतका जेलमा सजायँ भोगिरहेका छन् । जेलमा रहेकाहरूमा ४१ जना लागुपदार्थ ओसारपसारमा, ४ जना मादक पदार्थको किनवेचमा, २ जना हत्या अपराधमा सजायँ पाएकाहरू लगायत छन् ।

    यस अवधिमा कुवेत र इराकमा गरि ६३ जना नेपालीको ज्यान गएको छ जसमा कुवेतमा मात्रै ५८ जनाको मृत्यु भएको छ भने सबै मृतकहरूको पार्थिव शरीर नेपाल पठाइसकिएको, १६ जनालाइ अस्पतालबाट उद्दार गरि नेपाल पठाइएको र ४ जना अझै पनि अस्पतालका सैय्यामा रहेको जानकारी दिइएको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology