Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ५, २०८१ बुधवार • १८:३८:०२ बजे
  • 3.8K
    SHARES
  • बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

    कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । 

    images

    कुवेतस्थित खैतानको राजधानी होटलको सभाहलमा प्रथम अधिवेशन हुने संयोजक दिपक कुमार नेपालीले जानकारी दिएका छन । कार्यक्रम बिहान ११ बजेदेखि अपराह्ण  ४ बजेसम्म हुनेछ । रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत रहेका बागलुङेहरुको भेलाले "समृद्ध बागलुङका लागि हाम्रो साझा प्रतिबद्धता" मुल नारालाई आत्मसाथ गर्दै गत १९ जुलाई २०२४ मा दिपक कुमार नेपालीको संयोजकमा तदर्थ समिति गठन गरेको  थियो । 
     
    बागलुङका विभिन्न ठाउँबाट कुवेत आएका बागलुङेहरुलाई एकताको शुत्रमा आवद्द गर्दै, कुवेतमा रहेका विभिन्न नेपाली संघ - संस्था संग हातेमालो गर्दै सामाजिक कृयाकलापहरुमा सक्रिय हुने संयोजक नेपालीले बताए ।

    कुवेतमा क्रियाशिल विभिन्न संघ-संस्था, समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार, खेलाडी र कलाकार लगायत नेपाली दाजुभाई तथा दिदिबहिनीलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गरेको छ । साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाई दिन समेत आयोजकले अनुरोध गरेको छ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology