Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वकै दोस्रो ठूलो हिरा भेटियो

विश्वकै दोस्रो ठूलो हिरा भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०८१ शनिवार • ०८:५९:०० बजे
  • 1.3K
    SHARES
  • विश्वकै दोस्रो ठूलो हिरा भेटियो

    दक्षिण अफ्रिकी देश बोत्स्वानामा ठूलो हिरा भेटिएको छ । २ हजार ४९२ क्यारेटको भएको सो हिरा फेला परेको क्यानडेली खनिज उत्खनन कम्पनीले बताएको छ ।

    images

    उत्तरपूर्वी बोत्स्वानाको कारोवी डाइमन्ड माइनमा एक्स–रे प्रविधि प्रयोग गरेर सो हिरा निकालिएको लुकारा डाइमन्ड कर्पोरेशनले बिहिबार जारी विज्ञप्तिमा भनेको छ ।

    यो विश्वको दोस्रो सबैभन्दा ठूलो हिरा भएको बताइएको छ । कम्पनीले सो हिराको मूल्य कति पर्छ भनेर भनेको छैन । न त यसको गुणस्तरबारे नै केही भनेको छ । क्यारेटको आधारमा भन्ने हो भने कलिनयन डाइमन्डले सन् १९०५ मा दक्षिण अफ्रिकामा भेट्टाएको हिरा अहिलेसम्मकै सबैभन्दा ठूलो हिरा हो ।

    सो हिरा ३ हजार १६ क्यारेटको थियो । २ हजार ४९२ क्यारेटको यो अद्वितीय हिरा भेट्टाउँदा आफूहरू निकै हर्षित भएको लुकाराका अध्यक्ष विलियम ल्याम्बले एउटा विज्ञप्तिमा भनेका छन् ।

    हिरा लगभग मान्छेको हत्केला जत्रै ठूलो भएको कम्पनीले सार्वजनिक गरेको तस्वीरहरूले देखाएका छन् । बोत्स्वाना विश्वको सबैभन्दा ठूलो हिरा उत्पादक देशमध्येमा पर्दछ ।

    त्यहाँको कूल जीडीपीमा हिरा उद्योगको योगदान ३० प्रतिशत रहेको छ । त्यहाँको कूल निर्यातमा हिराको अनुपात ८० प्रतिशत रहेको छ ।

  • सम्बन्धित विषय:

  • # ठूलो हिरा भेटियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology