Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

निरेम प्रोडक्सनले फेब्रुअरीमा 'निरेम सांगीतिक उत्सव २०२५' आयोजना गर्ने

निरेम प्रोडक्सनले फेब्रुअरीमा 'निरेम सांगीतिक उत्सव २०२५' आयोजना गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १०, २०८१ सोमवार • १५:०७:१४ बजे
  • 1.5K
    SHARES
  • निरेम प्रोडक्सनले फेब्रुअरीमा 'निरेम सांगीतिक उत्सव २०२५' आयोजना गर्ने

    कुवेत - निरेम प्रोडक्सनले 'निरेम सांगीतिक उत्सव २०२५' आयोजना गर्ने भएको छ । 

    images

    निरेमले सन् २०२५ फेब्रुअरी १४ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन नेपालका राष्ट्रिय ख्यातिप्राप्त कलाकारको उपस्थितिमा 'निरेम सांगीतिक उत्सव २०२५' आयोजना गर्न लागेको जनाएको छ ।

    गत वर्ष पनि निरेमले चर्चित गायक कमल खत्री र गायिका मेलिना मैनाली, नृत्यङ्गना कविता नेपालीको उपस्थिति तथा स्थानीय कलाकारको साथमा भव्य रुपमा सांगीतिक कार्यक्रम सम्पन्न गरेको थियो भने यस पटक नेपालको कुन सांगीतिक समूह वा गायक/गायिकाको प्रस्तुतिका लागि कुवेत आउने भन्ने अहिलेसम्म टुंगो लागिसकेको छैन ।

    कुवेतमा नेपाली युवा युवतीको बाहुल्यता बढे सङ्गै निरेमले उनीहरुलाई लक्षित गर्दै प्रणय दिवसको दिन सांगीतिक उत्सव गर्न लागको हो ।

  • सम्बन्धित विषय:

  • # २०२५' आयोजना गर्ने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology