कुवेत - सुनुवार सेवा समाज शाखा कुवेतको आठौं वार्षिकोत्सव तथा दोश्रो अधिवेशन आगामी ४ अक्टोबर २०२४ मा हुने भएको छ ।
कुवेतस्थित खैतानको राजधानी होटलको सभालहमा आठौं वार्षिकोत्सव तथा दोश्रो अधिवेशन साथमा सास्कृतिक कार्यक्रम हुने आयोजकले बताएको छ । नेपालको विभिन्न ठाउँ बाट रोजगारीको सिलसिलामा कुवेत आएका सुनुवारहरुलाई एकताको शुत्रमा आवद्द गर्दै, यहा रहेका विभिन्न नेपाली संघ - संस्था संग हातेमालो गर्दै सामाजिक कृयाकलापहरुमा समाज सक्रिय हुदै आएको छ ।
कुवेतमा क्रियाशिल विभिन्न संघ-संस्था, समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार, खेलाडी र कलाकार लगायत नेपाली दाजुभाई तथा दिदिबहिनीलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गरेको छ ।