Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संखुवासभा समाज कुवेतको अध्यक्षमा बिजय लामा सर्वसम्मत निर्वाचित

संखुवासभा समाज कुवेतको अध्यक्षमा बिजय लामा सर्वसम्मत निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०८१ शनिवार • १७:५०:५६ बजे
  • 1.6K
    SHARES
  • संखुवासभा समाज कुवेतको अध्यक्षमा बिजय लामा सर्वसम्मत निर्वाचित

    कुवेत - संखुवासभा समाज कुवेतको अध्यक्षमा बिजय लामा सर्वसम्मत निर्वाचित भएका छन । 

    images

    कुबेतको खैतान स्थित राजधानी होटलको सभाहलमा ३० अगष्ट २०२४ मा सम्पन्न प्रथम अधिवेशनबाट सन २०२४-२०२७ कार्यकालको लागि बिजय लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा सरोज तमाङ, महिला उपाध्यक्षमा रोशिका (कृष्ण माया) गुरुङ्ग, महासचिवमा बिमल श्रेष्ठ, सचिब शंकर घिमिरे , कोषाध्यक्ष पूजा तमाङ, सह कोषाध्यक्ष विष्णु बम्जन चयन भएका छन भने कार्यकारिणी सदस्यमा प्रेम कुमार जिमी, सन्जय लिम्बु, सिता राई, धिरेन सुब्बा, जीवन थलङ्ग लिम्बु, सुमन गुरुङ , जीवन कुमार लिम्बु छन । 7EEEB353-52A9-495D-A758-D0CE1BD5CB32.jpeg

    त्यस्तै समितिको सल्लाहकारमा चित्र राई, बिमल कार्की, निपेश गुरुङ, भुवन सुवेदी, राम बहादुर योन्जन, धुर्ब श्रेष्ठ रहेका छन भने सदस्यहरुमा लाल ब: तमाङ, बिधान लोहोरुङ, रन्जाना गुरुङ, अमर तमाङ, दिल कुमार तामाङ, इन्दिरा कार्की, रेजिना तामाङ, अर्पन तमाङ, सचिन राई, अन्जु तामाङ, सुरेश गुरुङ, पुस्पा गुरुङ, रमेश लिम्बु, दिल कुमारी गुरुङ, गोकुल राम खत्री, रमेश लिम्बु, कल्पना कार्की, निशा सेर्पा, मिथुन चक्र लिङ्थेप, मन्जु गुरुङ, रिता गुरुङ, मकर तामाङ, सुनिल तामाङ, होम बहादुर गुरुङ, मदन बस्नेत, सम्झाना तमाङ, बिक्रम राई, सुजन गुरुङ, पुर्णिमा गुरुङ र चन्द्र कुमारि तामाङ छन ।

    'अनेकतामा एकता, संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान' भन्ने नाराका साथ कुवेतमा गठन भएको संस्थाको  प्रथम ऐतिहासिक अधिवेशन  आयोजक समितीका संयोजक बिजय लामाको सभाध्यक्षता तथा नेपाली राजदूतावास कुवेतकी काउन्सेलर सुजनी रानाको प्रमुख आतिथ्यता साथै एनआरएन एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा, अल मुल्ला एक्सचेन्जका  प्रतिनिधी  सुवेदी, पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्ल, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ लगायत विभिन्न राजनितीक दलका भातृ संगठनका प्रमुख एवं प्रतिनिधीहरू, पत्रकारहरू,विभिन्न संघ संस्थाका पदाधिकारी एवं प्रतिनिधिहरू, समाजसेवी, वुद्धिजीवीहरूको आतिथ्यता रहेको थियो ।

    समाजको सदस्य रन्जाना गुरुङले संचालन गरेको कार्यक्रम राष्ट्रिय गान पश्चात सभापति प्रमुख अतिथि विशेष अतिथि लगायतले पानसमा दीप प्रज्वलन र केक काटी कार्यक्रमको उद्घाटन गरिएको थियो। समाजको सदस्य सुरेश गुरुङले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि, विशेष  अतिथि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम अल मुल्ला एक्सचेन्जको मुख्य प्रायोजक रहेको थियो  । कार्यक्रममा विविध मनोरञ्जनात्मक सास्कृतिक प्रस्तुति समेत रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology