Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चितवनको मेघौलीका २ युवक राप्ती नदीमा बेपत्ता

चितवनको मेघौलीका २ युवक राप्ती नदीमा बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०८१ शनिवार • ०५:२४:३० बजे
  • 712
    SHARES
  • चितवनको मेघौलीका २ युवक राप्ती नदीमा बेपत्ता

    पश्चिम चितवनको भरतपुर महानगरपालिका-२७ धरमपुर जमुनाघाटबाट राप्ती नदीमा माछा मार्न गएका दुई युवा बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय पर्साढापका सई प्रमोद यादवले दिएको जानकारी अनुसार नदीमा बेपत्ता हुनेमा भरतपुर-२५ का ४३ वर्षीय सञ्जीव चौधरी र भरतपुर-२७ का ४५ वर्षीय सुकबहादुर परियार रहेका छन् ।

    images

    उनीहरुसँग नदीमा माछा मार्न गएका सोही ठाँउका रोहितकुमार चौधरी भने पौडेर बाँच्न सफल भएको यादवले बताए । शुक्रवार दिउँसो २ बजेदेखि बेपत्ता भएका युवाहरुको खोजी गरिए पनि हालसम्म भेटिएका छैनन् । शनिबार बिहान ६ बजेदेखि नै निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका सेनाको १५ जनाको टोली डुंगामा बसेर खोजी थालेको छ ।

    चितवन राष्ट्रिय निकुञ्जले दुई वटा हात्ती लगाएर बेपत्ताहरुको खोजी निकुञ्ज क्षेत्रमा गरेको छ । स्थानीय बोटेहरुले मेघौलीतर्फको क्षेत्रमा खोजी गरिरहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा पर्ने राप्ती नदीमा लाइसेन्स प्राप्त व्यक्तिलेमात्रै माछा मार्न पाउँछन् । तर, उनीहरू लाइन्सेस प्राप्त व्यक्तिहरू नभएको सई यादवले जानकारी दिए । उनीहरू अनाधिकृत रुपमा तीजको मौका छोपेर नदीमा पसेको यादवले बताए ।

  • सम्बन्धित विषय:

  • # राप्ती नदीमा बेपत्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology