Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एनआरएनए-मुजैनी भलिबल कपको उपाधि लुम्बिनी समाज कुवेतले चुम्यो

एनआरएनए-मुजैनी भलिबल कपको उपाधि लुम्बिनी समाज कुवेतले चुम्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०८१ आइतवार • १०:२१:३४ बजे
  • 1.6K
    SHARES
  • एनआरएनए-मुजैनी भलिबल कपको उपाधि लुम्बिनी समाज कुवेतले चुम्यो

    कुवेत - एनआरएनए- मुजैनी (NRNA NCC-AL  MUZAINI) भलिबल कपको उपाधि लुम्बिनी समाज नेपाल कुवेतले जितेको छ । फाहिल स्पोर्टिङ क्लबको हलमा १३ सेप्टेम्बर शुक्रबार सम्पन्न प्रतियोगितामा कल्याणकारी नेपाली युवा समाज कुवेतलाई हराउदै लुम्बिनीले उपाधि जितेको हो ।

    images

    उक्त प्रतियोगितामा दुई भुटानी टोलीसहित १३ टिमले सहभागिता जनाएका थिए । निरेम ग्रुपले तेस्रो स्थान प्राप्त गरेको छ । एनआरएनए एनसिसि कुवेतका अध्यक्ष रणध्वज लामाको सभापतित्व तथा नेपाली राजदूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अतिथिमा भुटानी राजदूत चितेम तेनजिनको उपस्थिति रहेको थियो । कार्यक्रममा दुवै देशका दूतावास परिवार र स्थानीय संघसंस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति थियो ।

    गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतले आयोजना गरेको भलिबल प्रतियोगितामा  Almuzaini मुजैनी एक्सचेन्जको मुख्य प्रायोजन , सिटि एक्सप्रेस, आइ एम इ लिमिटेड , फ्राइन्डि मोबाइलको विशेष सह-प्रायोजन रहेको उक्त भलिबल कुम्भ मेलामा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो । कुवेतमा नेपालीहरु द्वारा आयोजना हुने भलिबल प्रतियोगिताको हालसम्मकै सर्वाधिक  पुरस्कार घोषणा गरिएको थियो  । लुम्बिनी समाजले प्रथम पुरस्कार ५०१ केडी, ट्रफी, मेडल, प्रमाणपत्र हात पार्यो भने त्यस्तै दोस्रो हुने टिम कल्याणकारीले ३०१ केडी, ट्रफी, मेडल, प्रमाणपत्र हात पार्यो । निरेमले तृतीय पुरस्कार  १५१ केडी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज कुवेतले चुम्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology