Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशनको तयारी पूरा

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशनको तयारी पूरा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३, २०८१ बिहिवार • १२:२५:०३ बजे
  • 2.4K
    SHARES
  • बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशनको तयारी पूरा

    कुवेत - बागलुङ सेवा समाज कुवेतको २० सेप्टेम्बर २०२४ मा हुने प्रथम अधिवेशन समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । 

    images

    कुवेतस्थित खैतानको राजधानी होटलको सभाहलमा बिहान ११ बजेदेखि अपराह्ण ४ बजेसम्म हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक दिपक कुमार नेपालीले जानकारी दिएका छन ।

    रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत रहेका बागलुङेहरुको भेलाले गत १९ जुलाई २०२४ मा "समृद्ध बागलुङका लागि हाम्रो साझा प्रतिबद्धता" नारालाई आत्मसाथ गर्दै गठन भएको हो । बागलुङका विभिन्न ठाउँबाट कुवेत आएका बागलुङेहरुलाई भोली हुने कार्यक्रममा उपस्थितिको लागि संयोजक नेपालीले आग्रह गरेका छन ।

    त्यस्तै कुवेतमा क्रियाशिल विभिन्न संघ-संस्था, समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार, खेलाडी र कलाकार लगायतलाई निमन्त्रणा गरिसकिएको र विविध कारणवश निमन्त्रणा प्राप्त नभएको खण्डमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन समेत आयोजकले अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology