Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतमा पनि मनाईयो संविधान दिवस

कुवेतमा पनि मनाईयो संविधान दिवस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३, २०८१ बिहिवार • २१:२७:३५ बजे
  • 1.3K
    SHARES
  • कुवेतमा पनि मनाईयो संविधान दिवस

    कुवेत - नेपाली राजदूतावास कुवेतले संविधान दिवस तथा नेपाली राष्ट्रिय दिवसको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । 

    images

    कुवेतको फर्वानियास्थित क्राउनप्लाजा होटलमा १९ सेप्टेम्बरका दिन कुवेतका एसिया मामिलाका लागि सहायक विदेशमन्त्री समीह ईसा जोहर हयातको प्रमुख आतिथ्यतामा  संविधान दिवस तथा नेपाली राष्ट्रिय दिवस मनाईएको हो । प्रथम सचिव प्रेमराज गौतमको संचालन तथा राजदूत घनश्याम लम्सालको सभापतित्व रहेको कार्यक्रममा कुवेत र नेपालको राष्ट्रिय गान पश्चात् नेपालको संविधानसभाबाट नयाँ संविधान जारी भएको आज ९ वर्ष पूरा भई दश वर्षमा प्रवेश गरेको अवसरमा केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

    A1459743-1EF2-4AAC-AA2E-8B385FBEF695.jpeg

    कार्यक्रममा वोल्दै कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले नेपालको संविधान दिवस तथा  नेपाली राष्ट्रिय दिवसको अवसरमा कुवेत तथा इराकमा कार्यरत नेपाली श्रमिक लगायत सम्पूर्ण नेपालीहरुलाई थप प्रगति समृद्धि तथा उज्ज्वल भविष्यको कामना सहित शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेपाली कलाकारले कला सस्कृति झल्किने नृत्य प्रस्तुति समेत गरेका थिए ।

    2FAF7D57-D4A0-4EF6-BB87-C74795E63A64.jpeg

    कुवेत सरकारका उच्च पदस्थ अधिकारीहरु, कुवेतस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक  निकायका पदाधिकारीहरु, कुवेतका विभिन्न मिडियाका पत्रकारहरु, एनआरएनए कुवेत, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत, व्यवसायी तथा विभिन्न संघ सस्थाका सिमित प्रतिनिधिहरु , कुवेतमा रहेका नेपाली समुदायका केही व्यक्तिहरुको कार्यक्रममा सहभागिता रहेको थियो । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

    13C33EFF-B656-4829-8E00-25D4906E892F.jpeg

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology