Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

तमू समाज कुवेतको नेतृत्वमा रञ्जना गुरुङ

तमू समाज कुवेतको नेतृत्वमा रञ्जना गुरुङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ११, २०८१ शुक्रवार • १९:३४:१४ बजे
  • 2.2K
    SHARES
  • तमू समाज कुवेतको नेतृत्वमा रञ्जना गुरुङ

    कुवेत - तमू समाज कुवेतको छैठौं अधिवेशन सम्पन्न भएको छ । कुवेतस्थित खैतानमा रहेको राजधानी होटलको सभाहलमा सम्पन्न अधिवेशनमा  रन्जना गुरुङ अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकी छिन ।  

    images

    “तमू गुरुङ जातिहरुको मौलिक पहिचान,जातीय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल उदेश्यको साथ २००९ मा स्थापना भएको तमू गुरुङहरुको साझा संस्था तमू समाजको छैठौं अधिवेशन राजु गुरुङको सभापतित्व तथा नेपाली दूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यतामा आज सेप्टेम्बर २७ तारिखमा सम्पन्न भएको हो । कार्यक्रममा गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष रणध्वज लामा, पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष राज मल्ल, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ लगायत विभिन्न राजनितीक दलका भातृ संगठनका प्रमुख एवं प्रतिनिधीहरू, पत्रकारहरू, विभिन्न संघ संस्थाका पदाधिकारी एवं प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम संचालन रन्जना गुरुङ्ले गरेकी थिइन भने स्वागत मन्तव्य सुरेश गुरुङ्ले राखेका थिए ।

    9575E553-D6C7-418D-87BE-76D58AB18503.jpeg

    समाजको आज सम्पन्न अधिवेशन बाट रन्जना गुरुङको नेतृत्वमा ७६ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । समाजको वरिष्ठ  उपाध्यक्ष याम गुरुङ, उपाध्यक्ष नन्द घले गुरुङ, महिला उपाध्यक्ष शोभा गुरुङ, महासचिब सुरेश  गुरुङ, सचिब अमृत गुरुङ, सह-सचिब भेद गुरुङ, कोषाध्यक्ष पदम गुरुङ, सह-कोषाध्यक्ष कुमारी गुरुङ, कलाकार संयोजक सुसिल गुरुङ, कलाकार उपसंयोजक सरस्वती गुरुङ, युवा संयोजक आकाश (हरी) गुरुङ, युवा उपसंयोजक  तेज (शक्ती) गुरुङ , महिला संयोजक सुमी गुरुङ , खेलकुद संयोजक भुप्रसाद गुरुङ रहेका छन । 

    त्यस्तै सदस्यहरुमा गोपाल गुरुङ, निपेश गुरुङ, किरण  गुरुङ, बबिता  गुरुङ, पदम  गुरुङ, कृष्ण गुरुङ (बुटवल), रमेश  गुरुङ, केश  गुरुङ, प्रेम  गुरुङ, कृष्ण गुरुङ (बुटवल B), पुर्णि  कुमारी  गुरुङ , सपना  गुरुङ , ममता  गुरुङ, याम  बहादुर  गुरुङ, सुधिर घले, राजेन  गुरुङ, सुस्मी सुनाम, डम्बर गुरुङ, सुमित गुरुङ, चिन माया गुरुङ, मिना  गुरुङ , कमल गुरुङ, केवल  गुरुङ, केसब  गुरुङ, डाईमान गुरुङ, देबु  गुरुङ, सुस्मा गुरुङ, पुर्णिमा  गुरुङ , अबिन  गुरुङ,  एन्जिला  गुरुङ, खुशीमान  गुरुङ , देबी गुरुङ , बिजा  गुरुङ, मन ब.गुरुङ, मंगल  गुरुङ, सिमा  गुरुङ, दिवान  गुरुङ, मनिष  गुरुङ, पुष्पा  गुरुङ, उषा  गुरुङ , संगिता गुरुङ , सुमित्रा गुरुङ, अगम कुमारी गुरुङ, झरना गुरुङ, बिनी माया गुरुङ, दिल कुमारी गुरुङ, आदर्श गुरुङ , धन बहादुर गुरुङ, सुदिप गुरुङ, अनु गुरुङ, किसान गुरुङ, रेनुका  गुरुङ, हिमा  गुरुङ, बिस माया गुरुङ, देबी गुरुङ, जेनी गुरुङ, श्याम गुरुङ, रिसा गुरुङ, चिज बहादुर गुरुङ, कृष्ण गुरुङ, मानार्थ सदस्य सान्ती सुनुवार रहेका छन भने सल्लाहकार समितिमा संस्थापक तथा वरिष्ठ सल्लाहकार अमर गुरुङ, वरिष्ठ  सल्लाहकार खोप गुरुङ, वरिष्ठ सल्लाहकार राजु गुरुङ, वरिष्ठ  सल्लाहकार अमृत गुरुङ, वरिष्ठ सल्लाहकार भिम बहादुर गुरुङ सल्लाहकारहरुमा रोशन राज गुरुङ, सुमन गुरुङ, गोप प्रसाद गुरुङ, पवित्रा गुरुङ, रन्जु गुरुङ, अमृत गुरुङ रहेका छन ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology