Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनुवार सेवा समाज शाखा कुवेतको अध्यक्षमा भक्तराम सुनुवार निर्वाचित

सुनुवार सेवा समाज शाखा कुवेतको अध्यक्षमा भक्तराम सुनुवार निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०८१ शनिवार • १७:०४:५१ बजे
  • 1.3K
    SHARES
  • सुनुवार सेवा समाज शाखा कुवेतको अध्यक्षमा भक्तराम सुनुवार निर्वाचित

    कुवेत - सुनुवार सेवा समाज शाखा कुवेतको अध्यक्षमा भक्तराम सुनुवार सर्वसम्मत निर्वाचित भएका छन । 

    images

    खैतानस्थित राजधानी होटलको सभाहलमा ४ अक्टोवर शुक्रवारको दिन सम्पन्न भएको दोश्रो अधिवेशन समारोहबाट भक्त राम सुनुवार (जिजिचा)को नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । समितिको प्रथम उपाध्यक्ष दिलेन्द्र सुनुवार (दुर्बिचन), द्वितीय उपाध्यक्ष बिदुर सुनुवार, तृतीय उपाध्यक्ष देवराज सुनुवार , महिला उपाध्यक्ष शान्ती सुनुवार (मुलिच), महासचिव हेम कुमार सुनुवार , सचिब गंगा माया सुनुवार , सहसचिब मिना देवी सुनुवार , कोषाध्यक्ष देबी बहादुर सुनुवार (क्याब ) , सह कोषाध्यक्ष खुष बहादुर सुनुवार (दसुचा), झाँकी तथा खेलकुद प्रमुख जयप्रकाश सुनुवार (थुँगुच), सारा बचत कोषाध्यक्ष कृष्ण बहादुर तोकुच चयन भएका छन । 

    D6F925C8-4043-41B1-8777-25FDDB52AD8D.jpeg

    त्यस्तै सदस्यहरु गंगा बहादुर सुनुवार (गौरव), री बहादुर सुनुवार , मकान सुनुवार, उमेश सुनुवार , गंगा बहादुर सुनुवार , नरेश सुनुवार , ठाकुर सुनुवार , काजी सुनुवार, अधीराज सुनुवार , ओम माया सुनुवार (लिनुचा), भिम माया (बिनिशा) सुनुवार , सोम माया सुनुवार , सुशिला सुनुवार , एलिशा सुनुवार , मोहन सुनुवार, नन्द बहादुर सुनुवार , सुस्मा सुनुवार , बिकास सुनुवार , तिज बहादुर सुनुवार रहेका छन । समाजको संरक्षक तथा सल्लाहकार समितिमा संरक्षक लाल बहादुर सुनुवार , सल्लाहाकार तेज बहादुर सुनुवार , भिम प्रसाद सुनुवार (तोकुच) र जीवन कुमार सुनुवार (याता) रहेका छन भने मानार्थ सदस्यमा कुमारी गुरुङ, कौशाल्या तामाङ रहेका छन । 

    कुवेत नगरीमा "पहिचान र समानताको लागि प्रतिबद्वता" भन्ने मुल उदेश्यको साथ २०१६ मा स्थापना भएको  समाजको आठौं वार्षिकोत्सव तथा दोश्रो अधिवेशन समारोह भक्त राम सुनुवारको सभाध्यक्षता तथा नेपाली राजदूतावास कुवेतकी काउन्सेलर सुजनी राना को प्रमुख आतिथ्यतामा समन्न भएको थियो । एनआरएन एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ लगायत विभिन्न राजनितीक दलका भातृ संगठनका प्रमुख एवं प्रतिनिधीहरू , पत्रकारहरू, विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिको उपस्थिति रहेको थियो  ।

    NRAN  कुबेतका सचिब रोशन राईको संचालन रहेको कार्यक्रममा समाजको उपाध्यक्ष जयप्रकाश सुनुवारले स्वागत मन्तव्यद्वारा उपस्थित अतिथिलाई स्वागत गरेका थिए । कार्यक्रममा उपस्थित अतिथिले शुभकामना मन्तव्यका क्रममा नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा सुनुवारहरूको मौलिक झाकी , सामूहिक गायन तथा नृत्य प्रस्तुत गरिएको थियो । समाजले विशेष योगदान गरेका ब्यक्तित्वहरु , सहयोगी संस्था, कलाकारलाई मायाको चिनो सहित सम्मान पत्र बाट विशेष सम्मान गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology