Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अकल प्रधानको पहलमा साउदीमा मृत्यु भएको सिन्धुपाल्चोकका कृष्ण प्रधानको परिवारलाई आर्थिक सहयोग

अकल प्रधानको पहलमा साउदीमा मृत्यु भएको सिन्धुपाल्चोकका कृष्ण प्रधानको परिवारलाई आर्थिक सहयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २१, २०७७ बुधवार • ०८:३६:४६ बजे
  • 3.7K
    SHARES
  • अकल प्रधानको पहलमा साउदीमा मृत्यु भएको सिन्धुपाल्चोकका कृष्ण प्रधानको परिवारलाई आर्थिक सहयोग
    अन्जान गुभाजु -दम्माम , साउदी अरब /साउदीमा कार्यरत विवेकशील नेपाली दलका सक्रिय सदस्य तथा नेपाली साझा मंच "देशको लागि केही गरौँ"का उप-संयोजक अकल प्रधानको पहलमा कोरोनाको कारण साउदीमा मृत्यु भएको सिन्धुपाल्चोक भोटेकोसी-१ लिस्तिका कृष्ण ब. प्रधानको परिवारलाई ने रु ४०२४९/- आर्थिक सहयोग गरेको छ। 
    s1.jpg

    सामन्य परिवारको  प्रधानको कोरोना संक्रमण बाट गत जुन २९ तारिख अस्पताल भर्ना भएको कृष्णबहादुर उपचारका क्रममा जुलाई २४ तारिख बिहान् ३.१५ बजे साउदीको आभामा उपचारको क्रममा मृत्यु भएको थियो। उनको मृत्यु पछि कम्पनीको तर्फबाट पाउने बिमा लगायतको आर्थिक सुबिधाहरु संतोषजनक नपाएपछि साउदीमा कार्यरत अकल प्रधान , राज प्रधान र रामकृष्ण प्रधान लगायतको टिमले सानो प्रयास स्वरुप आर्थिक सहयोग संकलन गरेका थिए । 

    कोरोना कहरमा आफै पीडित भएपनी  अरुको दु:खमा सदैब सहयोग गर्न  तत्पर रहदै मृतक प्रधानको परिवारलाई ने रु ४०२५९/- सहयोग संकलन गर्न सफल भएका छन् ।

    s4.jpg
     दुई सन्तान रहेका मृतकको श्रीमती सोनु प्रधानलाई भोटेकोसीका स्थानीय बिनोद प्रधान मार्फत यहि अक्टोवर ५ मा आर्थिक सहयोग हस्तान्तरण गरिएको अभियन्ता राज प्रधानले पिटि अनलाईनलाई बताए ।  

    सहयोग गर्नु हुने मनकारीहरुको नामवली :
    1 ) राज प्रधान बाट साउदी रियाल २००
    ( 2 ) रामकृष्ण प्रधान बाट साउदी रियाल २१५
    ( 3 ) अनुप प्रधान बाट साउदी रियाल २००
    ( 4 ) सिनामे राजेश प्रसाईं बाट साउदी रियाल ५१
    ( 5 ) विवेक प्रधान बाट साउदी रियाल २५०
    ( 6 ) अकल प्रधान बाट साउदी रियाल २००
     ( 7 ) श्री शंकर लामा साउदी रियाल १०५
     ( 8 ) श्री निकेश गुरूङ्ग साउदी रियल ६०
    ( 9 ) श्री अन्जान गुभाजु बाट साउदी रियाल ५०
    जम्मा साउदी रियाल१३३१ नेपाली रुपैया  ४०२५९/-

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology