Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु, ५ घाइते

ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु, ५ घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०८१ मंगलवार • ०४:४८:२२ बजे
  • 901
    SHARES
  • ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु, ५ घाइते

    मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्‍याङमा ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा भारत घर भएका ३४ वर्षीय मोहम्मद ऐजाज छन् ।

    images

    उनी हेटौंडा टायर मर्मत पसल सञ्चालक हुन् । गएराति करिब एक बजे मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको पेट्रोल बोकेको ट्यांकरको टायरमा हावा भर्ने क्रममा पड्किएको थियो । टाउकोमा चोट लागेर गम्भिर घाइते भएका मोहम्मद ऐजाजको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

    सो घटनामा परी टायर मर्मत पसलमा काम गर्ने पर्साको धोबिनी गाउँपालिकाका १८ वर्षीय जाबिर हवारी, हेटौंडा–११ का ३९ वर्षीय देवान लामा, हेटौंडा–११ कै ४७ वर्षीय मोहनलाल दुलाल, धादिङको धुनिबेशी नगरपालिका–२ का २३ वर्षीय उत्तम बस्नेत र धादिङको थाक्रे गाउँपालिका–८ का लक्ष्मण थापा घाइते भएका छन् ।

    लामाको चुरे हिल अस्पतालमा उपचार भइरहेको छ भने अन्य चार जना उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology