Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रबासी नेपाली एकता मञ्च ओमानका नेता अर्जुन कार्कीको कोरोनाबाट निधन

प्रबासी नेपाली एकता मञ्च ओमानका नेता अर्जुन कार्कीको कोरोनाबाट निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २१, २०७७ बुधवार • १३:४५:११ बजे
  • 2.3K
    SHARES
  • प्रबासी नेपाली एकता मञ्च ओमानका नेता अर्जुन कार्कीको कोरोनाबाट निधन
    ओमान /प्रबासी नेपाली एकता मञ्च ओमानका नेता अर्जुन कार्कीको काठमाडाैंमा उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु भएको छ । लामो समय देखि ओमानमा रहेर नेकपाको भातृ संगठन प्रवासी नेपाली एकता मञ्च ओमानमा आवद्ध हुनुहुन्थ्यो ।

    रामेछाप नगरपालिका–७ भालुखोप निवासी  ४६ वर्षका कार्की केही समय पहिला ओमनबाट नेपाल फर्कनु भएको हो ।  प्रवासी नेपाली एकता मञ्चले सम्मान सहित बिदाई गरेको थियो । यस्तो होला भनेर सोच्न पनि नसकेको अध्यक्ष उमेश विश्वकर्मा भन्नू हुन्छ । 
    ओमनको नेपाली समुदाय र सामाजिक क्षेत्र परिचित कार्किको निधन प्रती प्रवासी नेपाली एकता मञ्च ओमानले 
    दु:ख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।


    त्यस्तै  प्रबास समन्वय कमिटी अध्यक्ष युबराज चौलागाईंले कार्कीको निधनले अपुरणीय क्षति पुगेको बताउदै शोकको घडीमा कार्कीप्रति हृदय देखि श्रद्धाञ्दली अर्पण गर्दै परिवारजनप्रति गहीरो समवेदना प्रकट गर्नुभएको छ ।

    मृतक कार्की प्रति मयूरपाटी डिजिटल पत्रीकाको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology