युग लामा/ कुवेत – रोजगारीका लागि कुवेत पुगेकी जुगल गाउँपालिका –२ गोल्चे सिन्धुपाल्चोककी २१ वर्षीया पासपोर्ट नम्बर ( 05811391) रहेको ३३ बर्षिय सोमरानी स्याङ्बो बिगत १२ बर्ष देखि हराइरहेकी छन्। उनी घरेलु कामदारको रुपमा कुवेत पुगेकी थिइन् । उनको खोजी कार्य गरिदिन आफन्तले अनुरोध गरेका छन् ।
रोजगारीका लागि १२ साल अघि कुवेत पुगेकी सोमरानी ८/९ महिना सम्म मात्र परिवारको सम्पर्कमा रहेको र त्यस पछि बेपत्ता भएकी छिन । परिवारले खोजीका लागि सबै सञ्चार माध्यमलाई अनुरोध गरेका छन् ।
२०६९ जेष्ठ ३१ गते श्रमको स्टिकर नम्बर ९१५५५२ स्वीकृत भएको देखिन्छ ।
नेपालबाट पठाउने एजेण्ट डोमा लामा सोलुखुम्बुको र कुवेतको एजेण्ट ईस्वरी माया राई झापाको रहेको बुझिएको छ। नेपाली राजदूतावास कुवेत लगायत सम्पूर्ण सरोकारवालाहरुलाई खोजीको लागि अनुरोध समेत गरेका छन् ।
कुवेत गएको ८ महिनासम्म नेपालमा पैसा समेत पठाएको परिवारले जानकारी दिएका छन् । खोजीका लागि सक्दो सहयोग गरिदिन सोमरानीकी विधुवा आमाले सवैलाई अनुरोध गरेका छन् । ७२ सालको भूकम्पमा परि बुबाको मृत्यु भए पछि घरमा आमा र एक जना सानो भाई मात्र रहेको बुझिएको छ ।