Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतमा महागुरु फाल्गुनन्द लिङदेनको १४० औं जन्मजयन्ती मनाइयो

कुवेतमा महागुरु फाल्गुनन्द लिङदेनको १४० औं जन्मजयन्ती मनाइयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०८१ शनिवार • ११:३६:२४ बजे
  • 1.1K
    SHARES
  • कुवेतमा महागुरु फाल्गुनन्द लिङदेनको १४० औं जन्मजयन्ती मनाइयो

     कुवेतमा महागुरु फाल्गुनन्द लिङदेनको १४० औं जन्मजयन्ती को अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरी मनाईएको छ ।

    images

    माङसेबुङ सरोकार समाज कुवेतको पहलमा महान समाज सुधारक, किरात धर्मका आधारस्तम्भ, र राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १४० औं जन्मजयन्ती कुवेतमा कार्यरत नेपाली समुदायको उपस्थितिमा मनाईएको हो ।

    याक्थुङ (लिम्बू) समुदाय र किरात धर्मावलम्बीहरुले हरेक वर्षको कार्तिक २५ गते राष्ट्रिय विभूती, समाजसुधारक, महागुरु फाल्गुनन्द लिङदेनको स्मरण गर्दछन तर प्रवासमा भने सबैको छुट्टीको दिन शुक्रवार सो कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन महागुरुको तस्बिरमा माल्यार्पण साथै दिप प्रज्वलन गरि गरिएको थियो ।  कार्यक्रममा अ्मित किरातीको सभाध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेत शाखाका अध्यक्ष अमृत तामाङ को प्रमुख आतिथ्यता रहेको थियो भने गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष रणध्वज लामा र नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्लको विशेष आतिथ्यता रहेको थियो । 

    कार्यक्रमले सांस्कृतिक विविधताको झल्को पनि प्रस्तुत गर्‍यो। नगेन्द्र खजुम, डिबी राई, सुन्दर परियार, र भिम तामाङले गायन प्रस्तुत गर्दा दर्शक मन्त्रमुग्ध भए। त्यसैगरी, अनिस लावती, सोफिया लिम्बू, सुमि लिम्बू, र गङ्गा सुनुवारले प्रस्तुत गरेका नृत्यहरूले माहोलमा उत्साह थपेको थियो।वक्ताहरूले महागुरु फाल्गुनन्दको योगदानबारे विचार राख्दै उनको शिक्षा र सिद्धान्तले समाज सुधारमा पुर्‍याएको प्रभावबारे प्रकाश पारे। महागुरुले दिएको मानव एकता, धार्मिक सहिष्णुता, र समाज सुधारको सन्देश अझै पनि सान्दर्भिक रहेको भन्दै वक्ताहरूले यस्ता कार्यक्रमहरूले प्रेरणा दिने उल्लेख गरे।

    कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, र स्थानीय अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो । कुवेतमा रहेका नेपालीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो। माङसेबुङ सरोकार समाज कुवेतका अध्यक्ष अमित किरातीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे। उनले महागुरुको योगदानलाई भावी पुस्तासम्म पुर्‍याउन यस्ता कार्यक्रमहरूको निरन्तरताको महत्त्वसमेत व्यक्त गरे।

    कार्यक्रमको सञ्चालन अनिश लावती र सुरेन्द्र पंधाक लिम्बूले गरेका थिए। महागुरुको आदर्शलाई सम्झिँदै, यो कार्यक्रम नेपाली समुदायका लागि सांस्कृतिक र धार्मिक प्रेरणाको स्रोत बनेको थियो ।

  • सम्बन्धित विषय:

  • # जन्मजयन्ती मनाइयो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology