Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको आयोजनामा १३ डिसेम्बरमा रक्तदान कार्यक्रम हुने

पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको आयोजनामा १३ डिसेम्बरमा रक्तदान कार्यक्रम हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०८१ आइतवार • १८:०७:२१ बजे
  • 1.0K
    SHARES
  • पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको आयोजनामा १३ डिसेम्बरमा रक्तदान कार्यक्रम हुने

    नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको आयोजनामा आगामी १३ डिसेम्बर २०२४ शुक्रबारका दिन रक्तदान कार्यक्रम हुने भएको छ ।

    images

    'रक्तदान जीवनदान' भन्ने मूल नारासहित कुवेतमा कार्यरत नेपाली समुदायको सहयोगमा कुवेत स्थित सैन्ट्रल ब्लड बैंक, जाब्रियामा रक्तदान कार्यक्रम आयोजना गरिने भएको हो । उक्त दिन स्वास्थ्यकर्मीहरूबाट रक्तदान गर्नु पूर्व रक्तदान केन्द्रमा सामान्य स्वास्थ्य परिक्षण पश्चात् मात्र रक्तदान गर्ने सकिने महासंघले जनाएको छ । 

    महासंघको पहलमा दोस्रो पटक आयोजना हुन लागेको यो कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा दिउँसो १:०० बजेदेखि सञ्चालन हुने छ । नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्लले यस विशेष अवसरमा आयोजना हुने पवित्र कार्य (रक्तदान कार्यक्रम) मा स्वतः स्फूर्त सहभागिताका लागि समेत कुवेतमा रहेका सम्पूर्ण क्रियाशील संघसंस्था, समाजसेवी, बुद्धिजीवी लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई रक्तदान कार्यक्रममा सहभागी हुन समेत अनुरोध गरेका छन ।

    रक्तदाताहरूले रक्तदान गर्नु भन्दा पहिले र रक्तदान गरे पश्चात् ध्यान दिनु पर्ने कुराहरू :
    रक्तदान गर्नु भन्दा पहिले 
१) साधारण पौष्टिक खाना खाने, भोको पेट हुनु हुन्न ।
२) रक्तदान गर्नु पहिले प्रसस्त पानी पिउने ।
३) अघिल्लो रात प्रसस्त सुत्ने ।
४) आफ्नो परिचय पत्र (सिभिल आईडी वा पासपोर्ट कपी) साथमा लिएर जाने ।
    रक्तदान गरी सके पश्चात् : 
१) केही हल्का खाजा खाने वा जुस पिउने ।
२) पानी वा जुस प्रसस्त पिउने ।
३) घेरै हिड्दुल नगरि केही बेर आराम गर्ने ।
४) कमसेकम रक्तदान गरेको २४ घण्टा सम्म भारी काम नगर्ने ।

    रक्तदान कार्यक्रमबारे थप जानकारीका लागि निम्न व्यक्तिहरूसँग सम्पर्क गर्न सकिनेछ!
    एकराज मल्ल-: +965 9985 3258
    नवराज पन्थी-:+965 66437286
     चन्द्र गोतामे-:+96567799127/94122194
    आकाश शेर्पा -: +965 6619 3742
    जे.एन. थारु -:+96597321634

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology