Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित

माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०८१ मंगलवार • ०५:३६:१८ बजे
  • 508
    SHARES
  • माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित

    माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगन गरिएको छ । राहदानी प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको जनाउँदै माल्टामा हुने घुम्ती शिविर स्थगन गरिएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ ।

    images

    माल्टाको बिरकिरकरामा यही मङ्सिर १५ गतेदेखि १९ सम्म शिविर सञ्चालन गरिने तयारी गरिएको थियो । यसअघि राहदानी नवीकरणलगायत कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा दिन राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोली माल्टा जाने तय भएको थियो ।

    प्राविधिक समस्याका कारण राहदानीसम्बन्धी सेवा अवरुद्ध भएकाले हालका लागि माल्टामा सञ्चालन गर्न लागिएको घुम्ती सेवा स्थगन गरिएको स्पेनका लागि कार्यवाहक नेपाली राजदूत यज्ञराज पौड्यालले जानकारी दिए ।

    राहदानी प्रणालीमा देखिएको समस्या समाधान हुनासाथ घुम्ती सेवा शिविर सञ्चालन गरिने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # घुम्ती शिविर स्थगित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology