कुवेतमा तीन किराती सस्थाले संयुक्तरुपमा चासोक तङ्नाम/साकेला उधौली / रापवा श्यादर पिदार आगामी २० डिसेम्बर २०२४ मा मनाउने भएको छ ।
खैतानस्थित राजधानी होटलमा कुवेतमा कार्यरत किराती समुदायले “भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण, किरातीहरुको साझा अभियान” भन्ने नाराका साथ महान चाड चासोक तङ्नाम/साकेला उधौली / रापवा श्यादर पिदार साथै सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो ।
कुवेतमा रहेका तीन सस्था किरात याक्थुङ चुम्लुङ कुवेत, किरात राई यायोक्खा कुवेत र सुनुवार सेवा समाज कुवेतले सयुक्तरुपमा कार्यक्रम आयोजना गरि शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम नेपालका अतिथि कलाकारको साथमा हुने आयोजकले जनाएको छ । कार्यक्रममा किराती परम्परागत नृत्य र सांस्कृतिक झाँकी समेत हुनेछ । बिगत लामो समय देखि तीन किराती सस्थाले सयुक्तरुपमा कार्यक्रम आयोजना गरि नेपाली समुदायबीच एकता र सहकार्यको सन्देश प्रवाह गर्दै आएको छ ।
उक्त कार्यक्रममा कुवेतमा क्रियाशील नेपाली संघ - सस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।