जाजरकोट, २१ असोज । जाजरकोटको जुनिचाँदेमा यात्रुवाहक जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । सदरमुकामखलङ्गाबाट आज बिहान गएका यात्रुवाहक जीप दिउँसो जुनीचाँदे को वडा नं १ काप्रा मा सडकबाट तल खोलामा खसेको प्रहरीलेजनाएको छ ।
जाजरकोट प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठका अनुसार दुर्घटनामा ७ जनाको मृत्यु भएको र एक जना घाइते भएको खवर आएको रदुर्घटनाको खवर आउने वित्तिकै प्रहरी घटना स्थलतर्फ गएको बताउनुभयो । घटनाको बिस्तृत बिबरण प्रहरी टोली घटनास्थल पुगे पछी जिपमा कति जना थिए के कारणले दुर्घटना भयो बिस्तृत बिबरण आउने प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनु भएको छ।