कुवेत - नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको आयोजना र अल मुजैनी एक्सचेन्ज कुवेतको मुख्य प्रायोजनमा रक्तदान सम्पन्न भएको छ ।
कुवेतस्थित जाब्रीय सेन्ट्रल ब्लड बैकमा हिजो शुक्रवार पवित्र कार्य (रक्तदान कार्यक्रम)
मा सहभागीहरुले स्वास्थ्यकर्मीहरू बाट रक्तदान गर्नु पूर्व सामान्य स्वास्थ्य परिक्षण पश्चात् ७५ जना नेपालीले रक्तदान गरेका हुन । उक्त रक्तदान कार्यक्रममा कुवेतस्थित बिभिन्न कम्पनीमा कार्यरत नेपाली श्रमिक, व्यवसायी , पत्रकार, विभिन्न नेपाली संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतले स्वतः स्फूर्त रक्तदान गरेका थिए ।
पत्रकार महासंघ बैदेशिक शाखा कुवेतले बिभिन्न सामाजिक र सचेतनामूलक कार्यक्रम अन्तर्गत दोस्रो पटक रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा नेपालीहरुको उत्साहपूर्ण सहभागीता र सेवा भावले आफूहरुलाई आगामी दिनमा यस्तै प्रकृतिका सामाजिक काम गर्न हौसला मिलेको आयोजक संस्था पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राजमल्ल ठकुरीले बताए । 'रक्तदान जस्तो बिशुद्ध मानवसेवामा नेपाली समुदायको उत्साहप्रद सहभागीता र उपस्थितिले हामीलाई आउँदा दिनमा यस्तो मानविय कार्यहरु गरिरहन अझ आत्मविश्वास बढेको छ ।' अध्यक्ष ठकुरीले भने । यस रक्तदान कार्यक्रम सफल बनाउँन प्रोयोजन गर्ने, अल मुजैनी एक्सचेन्ज, रक्तदाताहरुलाई पेय तथा पोषिलो खाना उपलब्ध गराए सहयोग गर्ने एभरेष्ट नेपाली रेष्टुरेन्ट फर्वानिया, मिडियाकर्मी लगायत रक्तदान कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै संस्था तथा नेपाली समुदायलाई आयोजक पत्रकार महासंघ कुवेतले धन्यवाद ज्ञापन गरेको छ ।