कुवेतबाट संचालित विभिन्न नेपाली संचार माध्यममा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि एक दिने तालिमको आयोजना भएको छ ।
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको आयोजना र अल मुजैनी एक्सचेन्ज (Al Muzaini) को मुख्य प्रायोजनमा वाक कला (पब्लिक स्पिकिङ) तथा कार्यक्रम आयोजना र व्यवस्थापन (इभेन्ट म्यानेजमेन्ट) सम्बन्धि एक दिने तालिम सम्पन्न भएको हो ।
साल्मियामा रहेको चाउकिङ रेष्टुरेण्टको सभाहलमा शुक्रवार सम्पन्न भएको तालीममा महासंघका पदाधिकारी तथा सदस्यहरु सहित २० जना सहभागी भएका थिए । तालिममा निरेम पोडकास्टका संचालक तथा संचारकर्मी दिपेन्द्र निरौलाले प्रशिक्षण दिएका थिए ।
तालीम पश्चात् समापन सत्रमा गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष रणध्वज लामा, अल मुजैनी एक्सचेन्ज कुवेतका नेपाल भुटान करिडोर म्यानेजर राम बस्नेत र द कुवेत टाईम्सका वरिष्ठ संवाददाता रिकी आरको विशेष उपस्थिति रहेको थियो । तालीममा सहभागी प्रशिक्षार्थीहरुलाई एनआरएनए एनसीसीका अध्यक्ष लामाले सहभागिताको प्रमाण पत्र वितरण गरेका थिए ।