Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अन्डरआर्म्स कालो हुने समस्याबाट छुटकारा पाउने घरेलु उपाय

अन्डरआर्म्स कालो हुने समस्याबाट छुटकारा पाउने घरेलु उपाय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०८१ सोमवार • ०५:०१:०१ बजे
  • 718
    SHARES
  • अन्डरआर्म्स कालो हुने समस्याबाट छुटकारा पाउने घरेलु उपाय

    धेरै मानिसहरू अन्डरआर्म्स कालो हुने समस्याबाट जुझिरहेका हुन्छन् । जाडो मौसममा यसलाई न्यानो कपडाले छोप्ने गर्छ तर विवाह वा कुनै पनि पार्टीमा कट बाहुला भएका पहिरन लगाउने योजना बनाउनुभयो भने सबै रमाइलो खेर जान्छ । 

    images


    यस्तो अवस्थामा, यदि तपाईँलाई पनि अन्डरआर्म्स कालो हुने समस्या छ भने, यहाँ उल्लेख गरिएको सरल घरेलु उपाय अपनाउन सक्नुहुन्छ र आफ्नो छालालाई चम्किलो र नरम बनाउन सक्नुहुन्छ । 


    तपाईँले केही मिनेटमा यसको प्रभाव देख्नुहुनेछ। यो प्रभावकारी उपाय कसरी बनाउने र प्रयोग गर्ने जान्नुहोस्।


    सामाग्री :

    एक चम्चा टुथपेस्ट,
    एक चम्चा चामलको पिठो,
    आधा चम्चा बेकिङ सोडा,
    एक चम्चा दही
    एक चम्चा ताजा टमाटरको रस।
    बनाउने विधि:

    सबैभन्दा पहिले एउटा कचौरामा एक चम्चा टुथपेस्ट, एक चम्चा चामलको पिठो, आधा चम्चा बेकिङ सोडा, एक चम्चा दही र एक चम्चा ताजा टमाटरको रस मिसाउनुहोस्। अब यी सबै सामग्रीहरू राम्ररी मिलाउनुहोस् र बाक्लो पेस्ट तयार गर्नुहोस्। 

    यस पेस्टलाई आफ्नो अन्डरआर्म्समा लगाउनुहोस् र केही बेर बिस्तारै मसाज गर्नुहोस्। यसलाई करिब ५ मिनेटसम्म राख्नुहोस् र त्यसपछि भिजेको कपडाले बिस्तारै रगडेर सफा गर्नुहोस्।

    यो घरेलु उपायले कालो दाग हटाउने मात्र होइन छालालाई नरम र चम्किलो बनाउँछ। टुथपेस्ट र बेकिङ सोडाले दाग हटाउँछ भने चामलको पिठोले छालालाई एक्सफोलिएट गर्छ र फोहोर हटाउँछ। दही र टमाटरको रसले छालालाई चम्किलो बनाउँछ।

    यदि तपाईँले यो घरेलु उपाय नियमित रूपमा प्रयोग गर्नुभयो भने,अन्डरआर्म्सको कालोपना सजिलै हट्नेछ र एक हप्ता भित्र फरक देखिनेछ। यद्यपि, यदि छालामा जलन वा एलर्जी छ भने प्रयोग नगर्नुहोस्।

  • सम्बन्धित विषय:

  • # पाउने घरेलु उपाय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology