कुवेतमा 'निरेम सांगीतिक उत्सव' आगामी १४ फ्रेब्रुअरीमा हुने भनियता पनि प्राविधक कारणले गर्दा एकसातापछी अर्थात २१ फ्रेब्रुअरी २०२५ मा हुने भएको छ ।
निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवस तथा स्थानीय पर्व 'हाला फेब' को अवसर पारेर 'निरेम म्युजिक फेस्ट' को आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सुरेन्द्र लिम्बुले बताए । उक्त 'निरेम सांगीतिक उत्सव' जिलिवस्थित एस्पायर स्कुलमा सभाहलमा हुनेछ । सांगीतिक प्रस्तुतीका लागी नेपालबाट आउने कलाकारहरुको नामावली छिट्टै टुङ्गो लगाएर सार्वजनिक गरिने समेत आयोजकले जनाएको छ ।
उक्त दिन हुने सांगीतिक कार्यक्रममा कुवेतमा रहेको नेपाली दूतावास, क्रियाशील नेपाली संघ - सस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुवेतमा कार्यरत सम्पूर्ण नेपालीहरु उपस्थित भई कार्यक्रम भब्य रुपमा सम्पन्न गर्नको लागी आयोजकले अपिल गरेको छ । निरेम प्रोडक्सनले विगत नौ वर्षदेखि कुवेतमा परोपकारी पत्रकारिता र मल्टिमिडिया क्षेत्रमा योगदान पुर्याउँदै आएको छ ।