Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संखुवासभा समाज कुवेतद्वारा तीन विद्यालयलाई शैक्षिक सामग्री सहयोग

संखुवासभा समाज कुवेतद्वारा तीन विद्यालयलाई शैक्षिक सामग्री सहयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २९, २०८१ सोमवार • १६:४६:३५ बजे
  • 1.2K
    SHARES
  • संखुवासभा समाज कुवेतद्वारा तीन विद्यालयलाई शैक्षिक सामग्री सहयोग

    कुवेत - संखुवासभा समाज कुवेतले जिल्लाका तीन विद्यालयहरूलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ । समाजका अध्यक्ष विजय लामाको नेतृत्वमा करिब १ लाख २७ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको छ ।

    images

    5506AADF-B587-4F74-93E3-E182DC7F1D5C.jpeg

    पाँचखपन नगरपालिका-९ स्थित श्री कालिका माध्यमिक विद्यालयलाई माघ १७ गते ३० हजार रुपैयाँ बराबरको नृत्य पोशाक प्रदान गरिएको छ । त्यस्तै, माघ २५ गते श्री शारदा माध्यमिक विद्यालय त्रिशुलीका फुटबल खेलाडीहरूका लागि १६ हजार रुपैयाँ बराबरको खेल जर्सी वितरण गरिएको छ ।

    CAEEC5C1-B508-4537-A77A-C389196B38B5.jpeg

    श्री पञ्चकन्या आधारभूत विद्यालय खाम्लिङलाई माघ २८ गते ४८ थान विद्यार्थी कुर्सी, २ थान टेबल र प्रधानाध्यापकका लागि एक थान कुर्सी गरी ८१ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गरिएको समाजका अध्यक्ष लामाले बताए।

    "यो सहयोगले विद्यालयहरूको शैक्षिक र अतिरिक्त क्रियाकलापमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौं," अध्यक्ष लामाले भने । उनका अनुसार समाजले आगामी दिनहरूमा पनि यस्ता सहयोग कार्यक्रमहरू जारी राख्ने योजना बनाएको छ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology