तमू समाज कुवेतले बंगलादेशी नागरिकलाई रगत उपलब्ध गराएको छ । वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत एक बंगलादेशी नागरिकलाई सेन्ट्रल ब्लड बैंक संग समंन्वय गरी अचानक हृदयघात भई जावेर अस्पतालको ईमेर्जेन्सी कक्षमा उपचाररत अबुल कलामलाई ६ युनिट 'ए प्लस' रगत उपलब्ध गराईएको हो ।
उनको गम्भीर शल्यक्रिया गर्न रगत आवश्यक परे पछि डाक्टरको सल्लाह बमोजिम बिरामीको आफन्तजनले तमू समाजका सदस्य खुशीमान गुरुङ सँग अनुरोध गरेका थिए । समाजको आन्तरिक छलफल पश्चात समाजका वरिष्ठ सल्लाहकार तथा भूतपूर्व अध्यक्ष खोप गुरुङले सेन्ट्रल ब्लड बैंक सँग समंन्वय गरी तत्काल रगत उपलब्ध गराई बिरामीको शल्यक्रिया सफल भएको छ ।
समाजले विगत १२ वर्षदेखि रक्तदानको कार्यक्रम आयोजना गर्दै आएको छ । नेपाली नागरिक लाई मात्र नभएर गैर नेपाली नागरिकलाई समेत उपचारका लागि रगत आवश्यक परेमा समाजले सेन्ट्रल ब्लड बैंक सँग समन्वय गरी रगत उपलब्ध गराउदै आएको छ ।