Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

दलित गोलमेच सम्मेलनको अवधारणा पारित

दलित गोलमेच सम्मेलनको अवधारणा पारित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ७, २०८१ सोमवार • ०९:३३:२२ बजे
  • 1.9K
    SHARES
  • दलित गोलमेच सम्मेलनको अवधारणा पारित

    राष्ट्रिय दलित गोलमेच सम्मेलन सचिवलयको बैठकले दलित गोलमेच सम्मेलनको अवधारणा पत्र पारित गरको छ । सो सचिवालयमा डा निर्मल विश्वकर्मा, डा मित्र परियार, खगेन्द्र सुनार, राजेश मयाल अग्निीशिखा, तारासिँह विश्वकर्मा, शुनिल राम,सँगिता कुमारी राम, तुलशी रसाइली, राजेश नेपाली, प्रकाश टमटा प्रतिकार आदि रहेका छन। 

    images


    देशभरि छरिएर रहेका दलित समुदायका अभियन्ताहरुबीचको काठमाण्डौको रत्न राज्य क्याम्पसमा मिती २०८१ पुष १९ गते शनिबारका दिन बसेको सयुँक्त गोलमेच बैठकले आगामी २०८२ वैशाखमा राष्ट्रिय गोलमेच सम्मेलन गर्ने निर्णय गरेको थियो । सो गोलमेच सम्मेलनको आवश्यक्ताका सन्दर्भमा राष्ट्रिय दलित गोलमेच सम्मेलन मुल आयोजक समिती सचिवलयद्धार सो अवधारणा पत्र तयार गरि सार्वजनिक गरिएको हो । 


    सो अवधारणा पत्रमा वर्तमान राज्य सत्ताको चरित्र र दलित, दलित समुदायको प्रतिरोध, गोलमेच सम्मेलनको अन्तराष्ट्रिय र राष्ट्रिय सिकाइ, गोलमेच सम्मेलनको आवश्यक्ता, गोलमेच सम्मेलन तयारीको पृष्ठभूमी, गोलमेच सम्मेलनको ब्यवस्थापन, गोलमेच सम्मेलनको विधी र भावी योजना बारेमा छलफल गरिएको छ ।


    सो सम्मेलन मार्फत वर्तमान अन्र्तराष्टिय परिवेश, दलित समुदायको पहिचान र इतिहाँस; दलित समुदायका सन्दर्भमा सामाजिक अन्र्तद्धन्दको विश्लेष्ण ; राज्य सत्ता, राजनितिक पार्टी र शासकहरुको नीति, नियत र व्ययहार विश्लेषण दलित मुक्तिको दर्शन र सिद्धान्तः सामुदायिक समाजवाद ; शैद्धान्तिक द्धिविधामा निचोड जस्तै दलित मुक्त्तिको सवाल राजनीतिक हो कि सामाजिक हो कि धार्मिक, दलित समुदायको पहिचान, दलित शव्द राख्ने कि नराख्ने ; दलित शँर्घषको सिद्धान्त शान्तिपुर्ण हो कि वल प्रयोगको सिद्धान्त ; दलित महिला मुक्त्तिका सवाल ; अन्तर दलित सहकार्य ; दलित मुक्त्ति आन्दोलनमा गैरदलितको भूमिकाः सहकार्य र शँघर्षको सिद्धान्त ; धर्मलाइ हेर्ने दृष्टिकोण ; वर्ग सत्रु र मित्र शक्तिको पहिचान ; दलित आन्दोलनका दिर्घकालिन, मध्यकालिन र अल्पकालिन कार्यक्रमहरु, प्राथमिकताहरु निर्माण आदि सम्भाव्य सेसन वा एजेण्डाहरु हुनेछन जसका वारेमा साझा वुझाइ विकास गरिन अपेक्षा गरिएकोछ।

     

  • सम्बन्धित विषय:

  • # अवधारणा पारित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology