Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मानव बेचबिखन तथा ओसारपसारमा रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ

मानव बेचबिखन तथा ओसारपसारमा रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १०, २०८१ बिहिवार • ०७:४९:२६ बजे
  • 1.9K
    SHARES
  • मानव बेचबिखन तथा ओसारपसारमा रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ

    मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति पक्राउ परेका छन् ।

    images

    पक्राउ पर्नेमा बर्दियाको बढैयाता गाउँपालिका–२ स्थायी घर भई काठमाडौंको टोखा नगरपालिका–३ बस्ने बिनोद पौडेल रहेका छन् ।

    एनसीबी अबु मस्कट ओमानको समन्वयनमा उनलाई पक्राउ गरेर बुधबार नेपाल ल्याइएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ ।

    उनीविरुद्ध गत १२ पुसमा पक्राउ पुर्जी जारी भएको थियो ।

    नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका अनुसार मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीलाई पक्राउ परेका व्यक्तिको जिम्मा लगाइएको छ ।

  • सम्बन्धित विषय:

  • # ओमानबाट पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology