Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अछाममा २ किशोरीको मृत्यु भएको घटनामा २ किशोर पक्राउ

अछाममा २ किशोरीको मृत्यु भएको घटनामा २ किशोर पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १४, २०८१ सोमवार • ०४:४७:३१ बजे
  • 448
    SHARES
  • अछाममा २ किशोरीको मृत्यु भएको घटनामा २ किशोर पक्राउ

    अछाममा दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनामा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी नायब उपरीक्ष क(डीएसपी) ईश्वरी भण्डारीले मृतक किशोरसँग गोठालो गएका दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए । २० वर्षमुनिका उनीहरूको परिचय भने खुलाइएको छैन् ।

    शनिबार घरबाट बाख्रा चराउन गएका दुवै किशोरी बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा दुवै जना मृत अवस्थामा फेला परेका थिए । टाउको र शरीरमा गम्भीर चोट लागेको अवस्थामा भेटिएका उनीहरूको शव परीक्षणका लागि भेरी प्रादेशिक अस्पताल लगिएको प्रहरीले छ । प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेर पनि अनुसन्धान गरिरहेको छ ।

    मृतकका आफन्तले घटना शंकास्पद रहेकाले अनुसन्धान हुनुपर्ने माग गरेका छन् । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको शव भेटिएको माथिपट्टी भिर रहेको र उनीहरूको शवभन्दा तल माथिबाट ठूलो ढुङ्गा खसेको छ । ढुंगा खसेर चोट लागेको जस्तो देखिए पनि शव परीक्षण रिपोर्टबाट धेरै तथ्यहरू खुल्ने प्रहरीले गरेको छ ।

  • सम्बन्धित विषय:

  • # २ किशोर पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology